LISTEN LIVE RADIO

देश बनाउन नेता र उद्योगी सुध्रिन आवश्यक छ : मुख्यमन्त्री चाैधरी



देश बनाउन नेता र उद्योगी सुध्रिन आवश्यक छ : मुख्यमन्त्री चाैधरी

लमही २७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले  प्रदेशकाे आर्थिक विकास र समृद्विका लागि सरकार र व्यवसायी दुबै सच्चिन आवश्यक रहेकाे बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशकाे छैंठाै प्रदेश सभा उद्घाटन समाराेहमा प्रमुख अतिथिकाे रुपमा बाेल्दै उनले साे कुरा बताए। सरकार र नीजि क्षेत्र दुवै सुध्रिनु पर्ने बताउँदै जुन देशमा व्यापार  फस्टाउँछ त्यो देशको उन्नति हुन्छ । त्यसकारण तपाईहरुले काम गर्नुहोस हाम्रो सहयोग रहन्छ । सरकारले के गर्ने, व्यावसायिकले के गने भन्ने स्पष्ट हुन जरुरी  छ । नेपाल  उद्योग महासंघ लुम्बिनी प्रदेशको छैठौं वार्षिक प्रदेश सभालाई  सम्बोधन गर्दै यस्तो बताए । उनले केही सरकारबाट केही गल्ती भएको होला त्यतिकै रुपमा व्यापारिहरुका पनि कमजोरी छन् । आफनो गल्ती सुधारौ । हामी हाम्रो  उत्पादनलाई लत्ताई आयतीत उत्पादनलाई प्राथमिकता दिदा देखको विकाश हुँदैन ।

स्थानीय  स्तरमा जे उपलब्ध हुन्छ त्यसैलाई प्रमोट गरौ । तपाईहरुले  व्यावसायिक मुद्दालाई ल्याउनु होस हामी सम्बोधन गर्छौ ।विशेष गरेर उत्पदन, उद्योग र पर्यटनलाई लक्षित गरि काम गरौ सरकारको सहयोग हुन्छ । नकी सरकारले सहयोग गरेन भन्ने गुनासो नगरौ । पछिल्लो समयमा हुने मेला महोत्सव माथी प्रश्न उठेको  छ । मेलामा स्थानीय  उत्पादन, कला संस्कृतिलाई प्राथमिकता दिदै धर्ती सुहाउँदो कार्य संचालित गरिनुपर्छ  उनले भने । त्यस्तै मुख्ममन्त्री चाैधरीले माैवाकाे मदिरालाई ब्राण्ड गरेर विश्व बजारमा पुर्‍याउन सकिने सम्भावना रहेको बताए । ‘थारुहरुले जिन्दगीभरी जाँड बनाए, भुटान, काेरिया र नेपालमा जाँड उत्पादन हुन्छ,’ उनले भने, ‘अहिले कोरियाकाे जाँड यहाँ ल्याएर बिक्री भइरहेको छ ।’ उनले लुम्बिनीमा हुने शिखर सम्मेलनले अन्तर्राष्ट्रिय ध्यान तान्ने दाबी गरे ।

त्यसै गरि नेपाल उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष  सुरकृश्न बैधले नीजि क्षेत्र थला परेपनि राज्य उदास बनेको बताए । बैंक, बिमा आतंक देखि राज्यको दोहोर  करनीति, अन्डर बिलिङ सिस्टमले ब्यापारी आर्जित भएका छन् उनले भने। उनले आर्थिक संकटका कारण  व्यापारी  बिदेश पलायन हुने क्रम सुरु भएको बताउँदै राज्यले व्यावसायिकका समस्या समाधान गर्न अवाश्यक रहेको बताए । हामी धेरै बोल्यौ अब राज्यले कसरी सम्बोधन  गर्छ उनले भने । अर्का  उपाध्यक्ष हेमराज ढकालले नीजि क्षेत्र अत्यन्तै संकटमा परेको बताए । यस्तो अवस्थामा राज्य उदास छ, केही हाम्रा व्यापारीले आर्थिक संकटको बेला फाइदा लिए राज्यले नीतिगत सुधार गर्न जरुरी  छ उनले भने । बैंकले ऋण लगानी गर्दा ५ लाख मुल्यांकन गरेको व्यापारीको धितो २ लाखमा लिलाम गर्ने आएकोमा राज्यको ध्यानाकर्षण गराए ।

राज्यले करको दायरा घटाउँदै औद्योगिक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।उनले संकटमा परेका व्यापारीलाई राहत हुने गरी बैंकले २ बर्षका लागि राहत दिनुपर्ने बताए । कार्यक्रममा सहभागी व्यापारीहरुले नेपाल सरकारले सिमा सम्बन्धी पारित गरेको ऐन कडाइ गरिनु पर्ने बताए । उद्योग वाणिज्य संघमा व्यावसायीकको नेतृत्वमा गैर व्यावसायिकहरुको हाबी हुँदा व्यवसायिकका हकहितमा काम नभएको गुनासो गर्दै प्रत्यक्ष रुपमा नेतृत्व  छानिनुपर्ने, कुम्ले र साइकल ब्यापारीलाई निरुत्साहित  गरिनु पर्ने, सामाजिक  सुरक्षाको सरकारले बर्मलुट बन्द गरिनुपर्ने, बिमाको आतंक बन्द गरिनुपर्छ । अघोषित लोडसेडिङको समस्या, मेला ठेक्कामा दिने कार्यले मेलाको औचित्यमा प्रश्न उठाउन थालेको बताएका थिए । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट ३७ वटा उद्योग वाणिज्य संघको सहभागीता रहेको थियोे । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्ष्तामा साधारणसभा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे