LISTEN LIVE RADIO

जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र राप्तीले यस बर्ष खुल्ला फुटबल प्रतियोगिता गर्दै



जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र राप्तीले यस बर्ष खुल्ला फुटबल प्रतियोगिता गर्दै

भालुवाङ २७ माघ । २५ औँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले प्रथम खुल्ला फुटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । हालै गाउँ पार्टी कमिटीको बैठकले यस बर्ष फरक तरिकाले जनयुद्ध दिवस मनाउने गरी फुटबल प्रतियोगिताको आयोजना गरिएको पार्टीका गाउँ कमिटी सचिव बसन्त नेपालीले जानकारी दिए ।

गाउँ कमिटीले दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको सचिव नेपालीले बताए । उनका अनुसार फागुन १ गते देखि उक्त खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । फुटबल प्रतियोगिता फिफाको नियम अनुसार सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा प्रथमलाई २० हजार र द्वितीयलाई १२ हजार नगद सहित मेडल, प्रमाण—पत्र तथा कप प्रदान गरिने कमिटीका सचिव नेपालीले जानकारी दिए । जस अनुसार टिम दर्ता गर्न १ हजार रुपैयाँ शुल्क लाग्ने छ । उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २७ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता गर्नका लागि कमिटीका कोषाध्यक्ष जगतबहादुर थापालाई ९८४८७४२७७७ र ९८२२४८४२६१ मा सम्पर्क गर्न सकिने पार्टीले जनाएको छ ।

तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गरेको दिनलाई प्रत्येक बर्ष जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रोल्पाबाट जनयुद्धको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे