LISTEN LIVE RADIO

एन.आइसी एसिया लघुवित्त वित्तीय संस्थाको समूह गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम



एन.आइसी एसिया लघुवित्त वित्तीय संस्थाको समूह गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

भालुवाङ १९ माघ । एन.आइसी एसिया लघु वित्त वित्तीय संस्था शाखा कार्यालय सिसहनियाँको समूह गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शुक्रबार राप्ती गाउँपालिका-८ पिपरीमा सम्पन्न भएको छ ।

शाखा प्रमुखहरू पिन्की गुप्ता र चेतबहादुर खत्रीको अध्यक्षता एवम् एन.आइसी एसिया लघु वित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो । वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको एन.आइसी एसिया लघु वित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीले बताएका छन् ।

साथै कार्यक्रममा उत्कृष्ट समूह तथा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा उत्कृष्ट समुह तर्फ नेत्रा प्रगति एन आइसी एसिया महिला समुह भालुवाङ र संयुक्त एन आइसी एसिया महिला समुह सिसहनियाँ, उत्कृष्ट कर्जा सदुपयोगिता तर्फ रेवती गुप्ता, लक्ष्मी विश्वकर्मा, उत्कृष्ट बचतकर्ता तर्फ लालबहादुर खत्री र कल्पना चाैधरीलाई संस्थाले सम्मानपत्र सहित सम्मान गरेको थियो । भने राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे र इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी वरिष्ठ हवल्दार सुमन थापालाई मायाको चिनो प्रदान गरिएको थियोे । संस्था तथा समुहका ९० जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण एन.आइसी एसिया लघु वित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन उप प्रदेश प्रमुख सिसहनियाँका सुनिल पण्डितले गरेका थिए ।

एन.आइसी एसिया लघु वित्त वित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय लुम्बिनी अन्तर्गत ५ जिल्ला प्युठान, रोल्पा, दाङ, बाँके र बर्दियामा शाखा रहेका छ्न् । हाल यस प्रदेशले ग्राहक लक्षित बृहत कार्यक्रम गरिरहेको छ ।जसमा हाल विषेश प्राथमिकताका साथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । माघको २ हप्तामा मात्र बर्दिया, दाङ , बाँके र प्युठान गरि ४ जिल्लाका ८ वटा शाखाका सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । सोहि कार्यक्रमलाई निरन्तरता दिदै शुक्रबार सिसहनियाँ शाखा दाङका सदस्यलाई दाङको पिपरीमा कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे