LISTEN LIVE RADIO

दोलाईखोला पुल नजिक मोटरसाइकल र बोलेरो ठोक्किदा मोटरसाइकल चालकको मृत्यु



दोलाईखोला पुल नजिक मोटरसाइकल र बोलेरो ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

सिसहनियाँ १९ माघ । दाङको देउखुरीमा मोटरसाइकल र बोलेरो एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ( दोलाई खोला) नजिक राति पाैने १० बजेको समयमा रोल्पा देखि घोराही जाँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो गाडी र पश्चिम देखि पुर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परि मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

मृतकको परिचय भने खुल्न सकेको छैन । मृतक चालकको टाउको छेदविच्छेद भएर चुडिएको छ । मृतकको शवलाई लमही पठाइएको छ । भने गाडी चालक घाइते भएका छन् । शुद्वोधन गाउँपालिका -२ बस्ने आस्वीन सुनार घाइते भएका छन् । उनको आँखा र नाकमा गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे