LISTEN LIVE RADIO

अभियान सहकारी संस्था गोवरडियाको पाँचौ वार्षिक साधरणसभा सम्पन्न



अभियान सहकारी संस्था गोवरडियाको पाँचौ वार्षिक साधरणसभा सम्पन्न

गढवा १३ माघ । अभियान बचत तथा ऋण सहकारी संस्था गढवा-३ गोवरडियाको पाँचौ बार्षिक साधरणसभा गोवरडिहामा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुलराज कुमालको सभापतित्व तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा गढवा गाउँपालिकाका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छोटो सयममा राम्रो प्रगति गरेको बताउँदै नीति नियम र सहकारीको मूल्य मान्यतालाई आत्मसाथ गर्दै अघि बढे सहकारी संस्था सञ्चालनमा समस्या नहुने बताए । पछिल्लो समय देशभरीका सहकारी संस्थाहरु अप्ठ्यारो परेको समाचारहरु हामी सुनिरलेका छौ, लगानी उठाउन समेत अप्ठ्यारो परेका कैयौ सहकारीहरु रहेको समयमा अभियान सहकारीले हाल सम्म नाफामा रहेको र आफ्नो गतिविधि निरन्तर अघि बढाएको राम्रो पक्ष भएको बताए ।

कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, गढवा गाउँपालिका स्तरीय सहकारी संजालका अध्यक्ष बेगमबहादुर गहतराज, बड्का पथ सिचाई आयोजनाका रघुनन्दन चौधरी, नागरिक समाज गढवाका खगेस्वर शर्मा, रेडियो साँझा आवाजका प्रवन्ध निर्देशक दुखहरण यादव, शुसिला चौधरी लगायतकाले कार्यक्रम सफलताको शुभकामना मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शेयर सदस्य लगायतकाको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका व्यवस्थापक अरुण चौधरीले १७ करोड ४९ लाख ६५ हजार रुपैया बराबरको आय ब्यय प्रस्तुत गरेका थिए । सुरुवातीकाल देखी सहयोग गर्दै आउनु भएका आन्तरिक लेखा परीक्षण समितिका दिपक कुमार चौधरी र गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवलाई सम्मान समेत गरिएको थियो। संस्थाका सदस्य भगवति चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण अभियान बचत तथा ऋण सहकारी संस्था सचिव देव किशोर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे