LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशमा गणतन्त्र दिवसका अवसरमा नृत्य प्रतियोगिता



लुम्बिनी प्रदेशमा गणतन्त्र दिवसका अवसरमा नृत्य प्रतियोगिता

भालुवाङ १४ जेठ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन सुरू गरेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा दिवसको अवसर पारि साँस्कृतिक समुहरू बीचको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

जस अनुसार सामुहिक नृत्य तर्फ नेपाल मगर संघ नाैमती बाजा समुह राप्ती गाउँपालिका वडा नम्बर ३ प्रथम, मगर आमा समुह वडा नम्बर १ भालुवाङ दोस्रो र नम्सरी जिएमको समूह तेस्रो र स्नेह पाण्डेको समुहले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

एकल नृत्य प्रतियोगिता तर्फ मगर महिला संघ राप्ती १ भालुवाङकी सपना बुढामगर प्रथम, पुनम नगरकोटी दोस्रो, आशाका संस्थाकी स्वस्तिका खनाल तेस्रो र सिमा पुनले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

मन्त्रालयका सचिव रामहरि ज्ञवालीको अध्यक्षता एवम् आन्तरिक मामिला मन्त्रालयका सचिव लालबाबु कवारीको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र कमलापति चाैधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत बासुदेव खनालले गरेका थिए । यसै बिच सोमबार लुम्बिनी हलमा विहान ८ बजे विशेष समारोहको आयोजना गरि पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे