LISTEN LIVE RADIO

राप्तीकाे विकट गाउँमा निशुल्क स्वास्थ्य शिविर : घरआँगनमै सेवा लिन पाउँदा स्थानीय खुशी



राप्तीकाे विकट गाउँमा निशुल्क स्वास्थ्य शिविर : घरआँगनमै सेवा लिन पाउँदा स्थानीय खुशी

देउखुरी १३ जेठ । राप्ती गाउँपालिका वडा नं. ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप , मधुमेह लगायतका विभिन्न दिर्घराेगबाट पिडित भएको धेरै वर्ष भयो ।

उनी यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देवीकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्थिन भने थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानू पर्ने बाध्यता रहेको थियो । तर शनिबार राप्ती गाउँपालिकाले गाउँमै सञ्चालन गरेको विशेषज्ञ डाक्टर सहितको नि:शुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य अवस्था चेकजाँच गराउन पाउँदा भने उनी निकै खुशी भइन्।

अरु बेला रगत लगायतका अन्य परिक्षण गर्न घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानूपर्ने बाध्यता थियो । पैसा पनि धेरै खर्च हुन्थ्यो” -उनले भनिन् – “आज आफ्नै गाउँमा विशेषज्ञ डाक्टर सहितको नि:शुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशी लागेको छ।” उनी मात्रै हाेइन पालिकाले विकट गाउँका स्थानीयहरुलाई लक्ष्यित गरि वडा नम्बर ९ काे देवीकाेटमा नि:शुल्क विशेषज्ञ सहित स्वास्थ शिविर सञ्चालन गरे पछि उहाँ जस्तै साे क्षेत्रका दर्जनौं बिरामीहरूले घर आगनमै स्वास्थ्य सेवा लिन पाउएका छन्।

विकट गाउँहरुमा स्वास्थ्य शिक्षाको कमी, आर्थिक स्थिति नाजुक सँगै नजिकमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुदा कतिपय बिरामीहरुले राेग पालेर बसिरहेका हुन्छन् । त्यस्ता बिरामीहरुलाई गाउँमै नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै उनले आगामी दिनहरुमा क्रमश सबै वडाहरुमा यस प्रकारको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने समेत जानकारी दिए । साे स्वास्थ्य शिविरमा राप्ती विज्ञान प्रतिष्ठान घाेराही दाङका विशेषज्ञ डाक्टर उमाकान्त तिवारी, सिसहनियाँ स्वास्थ्य चाैकीका ल्याब असिस्टेन्ट लब जैशी, हेल्थ असिस्टेन्ट चन्द्रमा ओली, रुपाकाेट स्वास्थ्य इकाईका प्रमुख यज्ञ कार्की लगायतले बिरामीहरूलाई नि:शुल्क रुपपमा स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिविरमा साे क्षेत्रका करिब ३३ जना विरामीहरुकाे विभिन्न राेगहरुकाे चेकजाँच गरिनुका साथै उनीहरूलाई स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो । साे अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, माध्यमिक विद्यालय रुपाकाेटका सहायक प्रधानाध्यापक खिमबहादुर ओली लगायतको सहभागीता रहेको थियो ।

Seen by PressOmprakash Gupta at Friday 12:27

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे