LISTEN LIVE RADIO

हावाहुरीले सरस्वती मावि गाेवरडिहाकाे छाना ‍उडायाे, पठनपाठन प्रभावित



दाङ ९ जेठ । दाङमा हावाहुरीले विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ।

गएराती आएकाे हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए।‘ठूलो हावाहुरीले टिनकाे छाना उडायाे। पठनपाठन प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन।’

गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे छानाे उडाउदा लाखौँ क्षति भएको छ। हावाहुरीका कारण विद्यालयमा भएको क्षति विवरण संकलन भइरहेकाे शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले बताए। उनले क्षति भएका विद्याकाे पूर्वाधार सुधार गरेर पठनपाठन सुचारू गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे