LISTEN LIVE RADIO

सर्वाेदय मावि सिसहनियाँमा पढ्दै कमाउँदै कार्यक्रम लागु, आम्दानी लिदै विद्यार्थी



सर्वाेदय मावि सिसहनियाँमा पढ्दै कमाउँदै कार्यक्रम लागु, आम्दानी लिदै विद्यार्थी

भालुवाङ १० जेठ । दाङको राप्ती गाउँपालिका वडा नं. ५ स्थित सर्वाेदय माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु भएको छ ।कक्षा ९ देखि १२ सम्म बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरू पढ्दै कमाउँदै कार्यक्रममा सहभागी भएका हुन् । मौसमी तथा बेमौसमी तरकारी, खाद्यान्न, च्याउ तथा तरकारी र फलफूलको बिरुवा उत्पादन गर्ने गरेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी राज परियारले जानकारी दिएका छन् ।

सो विद्यालयमा वि.सं. २०७३ साल देखि बाली विज्ञानको पठनपाठन हुँदै आएको छ । आधुनिक कृषि औजारको प्रयोग गरेर विद्यार्थीहरुले कृषि उत्पादन बढाएको र त्यसको बिक्रिबाट विद्यार्थीले आम्दानी लिन थालेको विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए । उनका अनुसार विद्यालय र विद्यार्थीहरुको आर्थिक सवलताका लागि पढ्दै कमाउँदै कार्यक्रमले बलियो बनाउने छ । बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान मात्रै नभई प्रयोगात्मक ज्ञान बढाउन पढ्दै कमाउँदै कार्यक्रम उपयोगी भएको कृषि धार संयोजक ईश्वर अधिकारीले जानकारी दिए ।

पढाई सकेपछी विद्यार्थीहरुले आफै कृषिका ठूलाठूला व्यवसाय तथा फर्म स्थापना गरेर सञ्चालन गर्न सक्ने शिक्षक अभिभावक संघका अध्यक्ष रोहन चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे