LISTEN LIVE RADIO

दाङमा चोरी गर्ने नक्कली पत्रकार ६० हजार बढी नगद सहित पक्राउ



दाङमा चोरी गर्ने नक्कली पत्रकार ६० हजार बढी नगद सहित पक्राउ

दाङ ६ जेठ । दाङमा चोरी गर्ने नक्कली पत्रकार ६० हजार बढी नगद सहित पक्राउ परेका छन् । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा राती घरभित्रै पसेर चोरीगर्ने एकजना नक्कली पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ६ खाँग्रानाका घर बताउने अन्दाजी २५ बर्षिय टोपेन्द्र सिँह ठकुरीलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

घटनाको प्रकृति हेर्दा उनी राती १ बजे गाउँ छिरेको प्रहरीको अनुमान छ । पालैपालो प्रत्यक घरमा चोरीको प्रयास गरेका छन् । जसमध्य जानकि चौधरीको ताला फोडेर नगद ४८ हजार, निरु चौधरीको नगद २ हजार, लमही-६ मध्यनगर घर भई बनघुस्री पाहुना पर्न आएकि पुष्पा चौधरीको नगद ५ हजार चोरी भएको पिडितले बताएका छन् ।

त्यस्तै जिउ नारायण चौधरी र रघुबिर चौधरीको ढोका र झ्याल फोडी चोर्ने प्रयास गरिएको छ । त्यस लगत्तै घरका मान्छेले थाहा पाएपछि हल्ला हुन थाल्यो । स्थानियहरु चोरको खोजीमा लागे । त्यसबेला करिब बिहान ३ बजिसकेको थियो । खोजि गर्दैगर्दा स्थानियले टाढाबाट देखे तर उनी ब्यपत्ता भए । उनको मोटरसाईकल गाउँदेखी पश्चिम सामुदायिक भवनको छेउछाउँमा फेला पर्यो । चोरीगर्ने ब्यक्ति यतै छन भन्ने थप सँका पैदा भयो । प्रहरी र स्थानियले चारैतिर खोजतलास गर्दा उनी नयाबस्तीमा पैदल भेटिए ।

हुलियाको आधारमा उनलाई नियन्त्रणमा लिईएको थियो । चोरी गर्ने अरु कोही नभई उनी नै थिए । नियन्त्रणमा लिएपछि उनले आफुलाई पत्रकार भनेर चिनाउन थाले । तर उनी दाङका कुनैपनि मिडिया तथा पत्रकार संगठनमा आबद्द नरहेको खुलेको छ । अचम्म त यो छकि उनी सवार भे ७ प २८८४ नम्बरको मोटरसाईकलको अगाडि भागमा(Press) लेखिएको छ । प्रहरी चौकि गोझेनामा उनलाई

सोधपुछ गर्दा आफु एक्लै रहेको बताए । तर स्थानियले अरु २ जना स्कुटरमा भागेको बताउछन् । ठकुरीको साथमा केही भेटिएन । चोरी गरेको रकम उनले नयाबस्तीमा पक्राउ पर्नु अघिनै बाटोको किनारमा झारमा लुकाईसकेका थिए । पछि प्रहरीको दवावपछि उनले बाटोमा लुकाएको बताए । उनले लुकाएको स्थानबाट नगद ६० हजार २ सय २० रूपैया प्रहरीले बरामद गरेको छ ।

त्यस्तै, ठकुरी नियतले खराब भएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाले बताए । ‘पहिले राजपुर बासिन्दा हुन, अहिले लमही बस्नुहुन्छ वडाध्यक्ष रोकाले भने-मलाई लाग्छ उहाँहरुको यो पेशा जस्तै हो, यस्ता घटना थुप्रै छन् ।’

यस्तै ठकुरी चोरी गर्नेमा माहिर छन् । उनका नजिकका अनुसार उनी सुनदेखी नुनसम्म पनि चोरी गर्न पछि पर्दैनन । समय सधैजसो एकैनास छैन । पहिले चोरी गरेर खुलेयाम हिड्ने गरेपनि अहिले उनी प्रहरीको फन्दामा परेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे