LISTEN LIVE RADIO

माधव नेपाल आफै माओबादी केन्द्रमा प्रवेश गर्ने हतारमा छन् : विश्वासी



दाङ ६ जेठ । पुरानै पार्टी एमालेमा फर्किएपछि कार्यक्रमलाई सम्बोधन गर्दै भागवत विश्वासीले माधवकुमार नेपाल नेकपा माओवादीमा केन्द्रमा प्रवेश गर्न हतार गरिरहेको आरोप लगाए।
पार्टीलाई माओवादीमा लाने हतार गरिरहेको कुरा कुनै हालतमा स्वीकार्न नसक्ने भएकाले आफूहरू एमालेमै फर्किएको बताए।
विश्वासीले नेपालले पार्टीलाई कांग्रेसको पछाडि लतारेको, एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न पत्राचार गर्दा पनि कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन भूमिका खेल्ने जस्ता कारणहरूले आफूहरूले पार्टी छोडेर पुरानै घरमा फर्किएको तर्क गरेका थिए।
पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद हिराचन्द्र केसीले जुन उद्देश्यले एमाले भित्र विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन गरिएको थियो त्यो उद्देश्य परिपूर्ती गर्ने कुनै लक्षण नदेखिएको हुँदा एमाले प्रवेश गरेको बताए।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे