LISTEN LIVE RADIO

प्रदेश स्वयत्त नभए संघीयताको आवश्यकता छैन : सभामुख घर्ती



प्रदेश स्वयत्त नभए संघीयताको आवश्यकता छैन : सभामुख घर्ती

भालुवाङ २ जेष्ठ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेशहरु स्वयत्त नहुने हो भने संघीयताको आवश्यकता नहुने बताएका छन् । उनले संघ सरकारले जे—जे गर्छ, प्रदेश सरकारले पनि त्यही—त्यही गर्नुपर्ने अवस्था संघीयता हुनै नसक्ने जिकिर गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका देउखुरीको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशसभाबाट सम्पादित कार्यहरुको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घर्तीले केन्द्रमा सरकार ढले प्रदेशको सरकार ढल्नुपर्ने, केन्द्रमा संसद बिघटन हुँदा प्रदेशमा पनि संसद बिघटन हुने परिपार्टी संघीयता हुन नसक्ने ठोकुवा गरे ।

उनले काठमाडौँले नै सबै डिसिजन गर्ने, अनि काठमाडौँ कै डिसिजिनमा सबै लाग्ने हो भने किन संघीयता चाहियो ? प्रश्न गरे । सभामुख घर्तीले सुरक्षा, परराष्ट्र र मुद्राको अधिकार मात्र केन्द्रमा रहने र बाँकी अधिकार प्रदेशलाई हुने गरी स्वयत भए मात्र संघीयता सफल हुने बताए ।

प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनको अध्यक्षता एवम् सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभाकी प्रवक्ता सम्झना सुवेदीले प्रदेशसभाले अहिले सम्म गरेका प्रगतिका बिषयमा प्रस्तुति राखेकी थिइन् भने नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य राधा नेपालीले सुझाब सहितको मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन प्रदेशसभाका बिजय पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे