LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ का लागि २० प्रतिशत बजेट कटौती गर्ने तयारी



लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ का लागि २० प्रतिशत बजेट कटौती गर्ने तयारी

भालुवाङ २ जेठ । लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ ।

२० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको ८० प्रतिशतमात्रै बजेट ल्याउने गरी मन्त्रालयलाई मार्गदर्शन गरिएकोले प्रदेशमा ३४ अर्ब १० करोड हाराहारीको बजेट आउने अनुमान गरिएको छ ।

अहिले प्रि–बजेटमा छलफल चलिरहेको भन्दै बजेट सीमा निर्धारण अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगको भनाई छ । गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको छ । यस वर्ष नयाँ योजना थप्नेभन्दा पनि विगतका ठूला योजनालाई पूरा गर्नेतर्फ बजेट केन्द्रित हुने मन्त्रालयले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे