LISTEN LIVE RADIO

भालुवाङमा जेठ २ गते भ्रष्टचार विरुद्धको कार्यक्रम हुँदै



भालुवाङ १ जेठ । दाङको भालुवाङमा भ्रष्टचार विरुद्धको कार्यक्रम हुने भएको छ । भ्रष्टाचार विरुद्ध एक हौं : भ्रष्टाचार ढाकछोप विरुद्ध सचेत रहौं, प्रहरीको सक्रियतालाई धन्यवाद भनौं भन्ने मुल नाराका साथ राप्ती प्रेस मञ्चको अगुवाईमा नागरिक समाज राप्ती, आशाका किरण संस्था र इन्द्रेणी युवा क्लव भालुवाङको संयुक्त आयोजनामा प्ले कार्ड प्रदर्शन सहित कोणसभा कार्यक्रम जेठ २ गते राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा बेलुका ४ बजे हुन लागेको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सोमवार राप्ती गाउँपालिका ३ मसुरीयामा बसेको ४ वटा संस्थाको संयुक्त बैठकले सो निर्णय गरेको हो । हाल देशभर भइरहेको भ्रष्टचार विरुद्धको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै राप्तीमा पनि कार्यक्रम गर्ने निर्णय भएको राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

यसै बीच कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संघ संगठन, युवा क्लव, स्वभियु लगायत आम सर्वसाधारणलाई उपस्थितिका लागि अपिल निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे