LISTEN LIVE RADIO

राप्तीमा बजार अनुगमन जारी : दोस्रो दिन ५९ हजार बढी राजश्व संकलन



भालुवाङ १ जेठ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करको दायरामा ल्याउन बजार अनुगमनलाई तीब्र बनाएको हो । गाउँपालिकाले आइतवार देखि सुरु गरेको बजार अनुगमनको दोस्रो दिन सोमवार वडा नम्बर १ को आँपखोली टोल, पुरानो भालुवाङ र पुल्चोक बजार अनुगमन गरिएको छ ।

विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको छ वा छैन, होडिङ बोर्ड राखे नराखेको लगायतका विषयमा अनुगमन भइरहेको राप्ती गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिएका छन् ।  दोस्रो दिन कुल ५९ वटा पसलको अनुगमन गर्दा केहि पसलबाट म्याद नाघेको तथा अखाद्य वस्तु बरामद गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिएका छन् । यस्तै अनुगमनका क्रममा नयाँ पसल दर्ता र नविकरणबाट दोस्रो दिन ५९ हजार ५०० रूपैयाँ राजश्व संकलन गर्न सफल भएको राप्ती गाउँपालिका राजश्व इकाईकी कर्मचारी सुनिता बस्नेतले जानकारी दिएकी छिन् ।

अनुगमनमा राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, राजश्व इकाईकी सुनिता बस्नेत, कृषि विकास शाखा प्रमुख सिमा भट्ट, वडा सदस्य रञ्जना सुनाम, इलाका प्रहरी कार्यालय भालुवाङका हवल्दार दानबहादुर महतरा, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रेम केसी र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे