LISTEN LIVE RADIO

नेकपा एमाले दाङले नेत्र स्मृति दिवस भव्य रुपले मनाउने



दाङ ३१ बैशाख । नेकपा एमाले दाङले ३९ औं नेत्र स्मृति दिबस भव्यरुपमा मनाउने भएको छ । नेकपा एमाले दाङको आइतबार घोराहीमा सम्पन्न सचिवालय वैठकले एमाले महासचिव शंकर पोख्रेलको विशेष उपस्थ्तििमा तुलसीपुरको दोघरेको सभाहलमा जेठ ६ गते आयोजन गर्न लागेको नेत्र स्मृति दिबसलाई भव्य र व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

वैठकले सभामा जनपरिचालन गर्न सचिवालय सदस्य मानबहादुर रावतको नेतृत्वमा उपसमिति, सचिवालय सदस्य मेघराज भुसालको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, सचिवालय सदस्य रामप्रसाद चालिसेको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिवालय सदस्य सविन प्रियासनको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ । वैठकले नेत्र स्मृति दिवसलाई सिर्जनशील बनाउनका लागि जेठ ६ गते कार्यक्रम स्थलमा निशुःल्क स्वास्थ्य शिबिर, रक्तदान, आँखाको चेकजाँच गर्ने, जेठ ५ गते कार्यक्रमको पूर्व सन्ध्यामा घोराहीको नेत्रचोकमा दिप प्रज्वलन गर्ने निर्णय गरेको छ ।

यसैगरी वैठकले जेठ ३ गते जिल्लाका एकसय वडामा विशेष कार्यक्रम गरी मदनआश्रित स्मृति दिबस मनाउने समेत निर्णय गरेको छ । वैठकले नेपाली नागरिकलाई भुटानी सरणार्थी बनाएको विषयमा सत्यतथ्य छानबिन गरी दोषी माथि हदैसम्मको कारबाही गर्न माग गरेको छ । वैठकले सुख्खाका कारण विभिन्न ठाउँमा लागेको आगलागीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने, पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्ने, समयमै मलखादको व्यवस्था गर्न र अस्वभाविकरुपमा बढि रहेको महंगी नियन्त्रण गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

वैठकले २०६२÷०६३ को आन्दोलनमा गोली लागि घाइते जिउँदो सहिद काभ्रेका मुकेश कायस्तको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षत्ता एवं प्रदेश सचिव लक्ष्मण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा जिल्ला उपाध्यक्ष राममणि पाण्डेयले स्वागत तथा सचिव मनोहर बुढाथोकीले वैठकको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे