LISTEN LIVE RADIO

भूकम्पबाट बच्न सुरक्षित उपाए ड्रप कभर एन्ड होल्ड गर्नुपर्छ : डिएसपी डा.बोगटी



भूकम्पबाट बच्न सुरक्षित उपाए ड्रप कभर एन्ड होल्ड गर्नुपर्छ : डिएसपी डा.बोगटी

घोराही १२ बैशाख । भुकम्पबाट बच्नको लागि सुरक्षित स्थान खोज्नु पर्ने र आपत्कालिन अबस्थामा ड्रप कभर एन्ड होल्ड (घुडाँटेकी गुडुल्क, ओत लागि समात) अनुसारको सुरक्षित उपाए अपनाउनु पर्ने बिपद ब्यबस्थापन बिज्ञ शसस्त्र प्रहरी नायव उपरीक डा. पृथ्वीबहादुर बोगटीले बताएका छन् । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुलाई आज बुधबार बैशाख १२ को भुकम्प दिवसको अवशरमा प्रशिक्षण दिदै डा. बोगटीले यस्तो बताएका हुन् ।

उनले भूकम्प भनेको केहो ? भुकम्प कसरी र के कारणले जान्छ र यसबाट बच्न के गर्नु पर्छ ? भन्ने कुराहरुको बारेमा प्रशिक्षण दिएका थिए । पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरूले बनेको छ । जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ, नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बीचमा अवस्थित छ ।

यी महादिपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन्। तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाई चलायमान बनाउँदछन् भन्ने कुराहरुको जानकारी उहाँले गराएका थिए ।

यसलाई सजिलो तरीकाबाट बुझ्नको लागि एउटा उदाहरण दिदै जब एउटा भाँडोमा हामि पानी तातिन्छ तव तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ हलुका भएको पानीमाथि आउन खोज्छ र चिसो पानी तल गइ फेरि तात्छ । यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिने कुरा विद्यार्थीहरुलाई सहज तरिकाले बुझाएका थिए ।

प्रशिक्षण कार्यक्रममा शसस्त्र प्रहरी तथा गुरुकुलका विद्यार्थिहरुद्धारा भुकम्पबाट बच्न के गर्नु पर्छ भन्ने कुराको डेमो पनि देखाइएको थियो । गुरुकुल एकेडेमीले हरेक क्षेत्रमा समप सापेक्ष अनुसार गर्ने कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

सोहि अबशरमा २०७२ सालमा गएको महाभुकम्पमा मुख्य उद्धारकर्मिको भुमिकामा रहनुभएको तथा बिपद ब्यबस्थापनमा बिज्ञता हासिल गर्नुभएको प्रहरी नायव उपरीक्षक डा. पृथ्वी बहादुर बोगटिलाई निमन्त्रणा गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

गुरुकुल एकेडेमीमा अध्ययण गर्ने विद्यार्थिहरुले बिभिन्न किसिमका ज्ञान सिक्ने अवशर पाउने विद्यालयले बताएको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षता तथा डा. पृथ्वीबहादुर बोगटिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका आइएसए संयोजक तथा शिक्षक इन्द्रप्रसाद पोख्रेलले गरेका थिए भने कार्यक्रम विद्यालयका शिक्षक विबेक देबकोटाको ब्यबस्थापनमा भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे