राप्तीका अध्यक्ष विष्टले सडक पेटीमा सुतिरहेका एक व्यक्तिकाे उद्वार गरि अस्पताल पुर्‍याए



भालुवाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आईतवार बेलुकी बिरामी भएर सडक पेटीमा सुतिरहेका एक ब्यबहारिसे ब्यक्तिलाई उद्वार गरि उपचारका लागि अस्पताल पुर्‍याएका छन् ।

अध्यक्ष विष्टले बिरामी भई सिसहनियाँ बजार नजिकै सडक पेटीमा सुतिरहेका प्युठानको स्याउलीबाङ घर बताउने अन्दाजी ६० वर्षका ती व्यक्तिलाई प्रहरीको सहयोगमा उद्वार गरेका हुन् । ती व्यक्ति बिरामी भएर सडक पेटीमै सुतेको खबर पाए लगत्तै अध्यक्ष विष्ट उद्वार गर्न त्यहाँ पुगेका थिए । हाल उनको सिसहनियाँ स्थित स्वास्थ्य चौकीको इमर्जेन्सी कक्षामा उपचार भई रहेको छ।

बिरामी भएकै कारण उनले एघार दिन देखि खाना समेत नखाएको बताएका छन्। उनी केही वर्ष अघि देखि सो क्षेत्रमा हिडडुल गरिरहेका गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे