LISTEN LIVE RADIO

राप्ती नदीबाट अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना गरि छोडियो



भालुवाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिकामा अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना गरि छोडिएको छ ।
शनिवार दिउँसो ४ः ३० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. २ कठहा स्थित राप्ती नदिको किनारमा मापदण्ड बिपरित रा. १ त. २१४५ नम्बरको ट्याक्टरले कठाह घाटबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट गिट्टी ,बालुवा) उत्खनन गरी ओसार पसार गरी रहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको थियो ।

पक्राउ परेको ट्याक्टरलाई आइतवार प्रहरीले आवश्यक कारबाहीको लागि राप्ती गाउँपालिकाको कार्यालयमा पठाईएको २० हजार रुपैयाँ जरिवाना गरि छोडेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे