LISTEN LIVE RADIO

जग्गा फुकुवाको माग राखी भाेली विहान ८ बजेदेखी राजधानी परिसर क्षेत्रमा रिले अनशन बस्ने



भालुवाङ १८ वैशाख ।  लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा फुकुवाको माग गर्दै आन्दोलन हुने भएको छ। जग्गा फुकुवाको बिषयलाई जोडेर जनस्तरबाट संघर्ष समिति समेत निर्माण गरिएको छ। उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरु संगठित भएर संघर्ष समिति निर्माण गरेका छन्। अगुवा किसान शंकर गौतम संयोजक रहेको जग्गा फुकुवा तथा राजधानी व्यवस्थापन संघर्ष समिति गठन गरिएको छ।

संघर्ष समितिले मंगलबार विहान ८ बजेदेखी प्रदेश राजधानी परिसर क्षेत्रमा धर्ना सुरु गर्ने, रिले अनशन बस्ने सम्मका कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक शंकर गौतमले जानकारी दिए। सोमवार बसेको भेलाले गौतमको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो। जसको सह–संयोजकमा शान्तराज भण्डारी, आर्थिक संयोजकमा भरत पाण्डे, जनसम्पर्क संयोजकमा मिठ्ठु चौधरी, व्यवस्थापन संयोजकमा गुञ्जबहादुर बिष्ट, स्वयमसेवक संयोजकमा द्रोर्णबहादुर जिसी अन्य सदस्यमा रहेका छन्।

लुम्बिनी प्रदेश राजधानी घोषणा हुनु अघि जग्गा रोक्का भएको थियो। जग्गा रोक्का भएको दुई बर्ष ७ महिना हुँदा पनि फुकुवा नभएको भन्दै विरोध सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे