LISTEN LIVE RADIO

रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन, सरकारमा जाने/नजानेबारे शुक्रवार टुङ्गाे लाग्ने



रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन, सरकारमा जाने/नजानेबारे शुक्रवार टुङ्गाे लाग्ने

काठमाण्डाै १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति एवम् सांसद रवि लामिछाने चयन भएका छन् ।

आज साेमवार बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रूपमा पुनः चयन गरेको हो । यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रवारकाे संयुक्त बैठकले गर्ने बताए ।

उनले भने, ‘पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन भएका छन् । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रवारकाे संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ ।’ आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ । डा. स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाउनुभएको छ । शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन् । ।

यस्तै डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोबिता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन र दीपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन् । मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र  विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे