LISTEN LIVE RADIO

वडा प्रहरी कार्यालय लमहीलाई नगरपालिकाद्धारा ट्राफिक सामाग्री सहयोग



लमही १७ वैशाख । लमही नगरपालिकाले वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीलाई जनचेतनामूलक ट्राफिक सामाग्री सहयोग गरेकाे छ ।
आइतवार एक कार्यक्रमकाे आयाेजना गरि सम्भावित दुर्घटना न्यूनीकरण गर्न र व्यवस्था शहरको निर्माण गर्ने उद्देश्यले नगरपालिकाले दुई लाख मूल्य बराबरको ट्राफिक सामाग्री सहयोग प्रदान गरेको लमही नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिए ।
घरेलु हिंसा तथा कानुनी व्यवस्था, जातीय छुवाछूत थथा भेदभाव सम्बन्धि कसुर, बहुविवाह तथा कानुनी व्यवस्था, जबर्जस्त करणी तथा कानुनी व्यवस्था, लागू पदार्थ दुव्र्यसनी तथा कानुनी व्यवस्था उल्लेखित जनचेतनामूलक सुचनाहरूका ट्राफिक सामाग्री हस्तान्तरण गरिएको हाे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे