LISTEN LIVE RADIO

राजमो लमही नगर अध्यक्षमा थापा



लमही १७ वैशाख । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । नगर अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गरेका थिए । सम्मेलनमा जिल्ला सचिव बसन्त पौडेल, अखिल नेपाल किसान महासंघका जिल्ला सल्लाहकार विष्णु भुसाल, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रुमाल बसेल, रक्तिम सांस्कृतिक अभियानका जिल्ला उपाध्यक्ष बुद्धबहादुर जिसी, अखिल नेपाल महिला संघ नगर अध्यक्ष बसन्ता खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर उपाध्यक्ष तारा खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव लेखराज आचार्यले गरेका थिए । सम्मेलनले हरि थापाको अध्यक्षतामा १९ सदस्यीय नगर समिति र सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तारा खनाल, सचिब बुद्धबहादुर जिसी, सह सचिव बसन्ता खनाल, कोषाध्यक्षमा बमबहादुर थापा चयन भएका छन् ।

सदस्यहरुमा बासुदेव भट्टराई, चेतप्रसाद गोराथोकी, पीताम्बर पोख्रेल, विष्णु आचार्य, सुन्दर चौधरी, सीता खनाल, हरिप्रसाद पौडेल, गोपाल भट्टराई, नुमबहादुर पुन, कृष्ण भुसाल, शान्ता खड्का, विमला आचार्य, कृष्ण पन्थी, शान्ता भुसाल रहेका छन् । सल्लाहकारहरुमा विष्णु भुसाल, लेखराज आचार्य, झविन्द्र आचार्य, विष्णु खत्री, अनिल पौडेल, शोभकला खनाल, लोकेन्द्र परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे