LISTEN LIVE RADIO

राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग



भालुवाङ १३ वैशाख । राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गरेेका छन् ।

लामो समय देखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय रेशम खत्रीको परिवारलाई चामल, नुन, तेल,बेसार, दाल लगायत आति आवश्यक सामग्रीहरु प्रदान गरेका हुन् । आर्थिक अवस्था निकै कम्जोर भई साझ बिहानको छाक टार्न समेत धौं धौ भैइरहेको र उपचार गर्न समेत नसकी घर चलाउनै गार्हो भैरहेको बेला अध्यक्ष विष्टले उक्त खाद्यान्न सामाग्रीहरु प्रदान गरेका हुन् ।

मंगलबार अबेर अध्यक्ष विष्ट खत्रीलाई सहयोग गर्न उनकै घर नयाँबस्ती पुगेका थिए । यस अघि पनि उनलाई पालिकाकाे तर्फबाट उपचारकाे लागि आर्थिक सहयोग सँगै खाद्यान्न उपलब्ध गराइएको थियो । श्रीमतीले दाेस्राे बिवाहा गरेर अन्यत्रै गए पछि हाल अहिले उनको परिवारमा १ नाबालक छोरा र आफु गरि २ जना रहेका छन । त्यस मध्ये पनि छाेरा अरुकै घरमा बस्ने गरेका छन्।

खत्रीले भने -” छोरा पनि अरुकै घरमा बस्छ।घरमा म एक्लै बस्छु । त्यसमा पनि बिरामी छु। कुनै काम गर्न सक्दैन। बिहान साझ हातमुख के ले जाेर्ने भन्ने चिन्ता लाग्छ ।” सहयोग पछि अध्यक्ष विष्टले पालिकाका काेही पनि विपन्न नागरिकहरु भाेकै बस्न नपराेस भन्ने उदेश्यले थाेरै भए पनि आफुले खाद्यान्न सहयोग गरेको बताए । त्यस्तै अध्यक्ष विष्टले आगामी दिनहरुमा थप आवश्यक सहयोग रहने बताउदै स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

खाद्यान्न पाए पछि खत्रीले आफुलाई बिहान बेलुकाकाे छाक टार्ने चिन्ता केही दिनलाई हटेको भन्दै खुसी ब्यक्त गरे । उक्त अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, वडा नम्बर दुईका निवर्तमान वडा अध्यक्ष जगत थापा, घण्टदेव सामुदायिक वनका अध्यक्ष तुला गिरी, समाजसेवी गन्ज बहादुर विष्ट र बसन्त नेपाली लगायतकाे उपस्थीती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे