LISTEN LIVE RADIO

खुल्ला सिमानाका कारण लुम्बिनीमा औलो निवारणमा चुनाैती



भालुवाङ १३ वैशाख । खुल्ला सिमानाका कारण लुम्बिनीमा औलो निवारण गर्न चुनाैती देखिएको छ । सरकारले सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सरकार सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्य अनुरुप अगाडी बढेको छ । तर लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातीत औलोको बिरामीको संख्या भने घट्न सकेको छैन । स्थानीय औलोका बिरामीको संख्या घटेपनि भारतबाट आयातीय औलोको बिरामीको संख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बिनोद कुमार गिरीले बताए । यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ सय ४० जना औलाको बिरामी मध्ये ८ जना मात्र स्थानीय औलो बिरामीको संख्या रहेको डा. गिरीले बताए । डा. गिरी भने १ सय ३२ जना खुल्ला सिमाबाट प्रवेश गरेका बिरामी रहेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजन्म कुर्मीले सन् २०२५ सम्म औलो बिरामीको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ अगाडी बढेको बताए । औलोका कारण नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा १ जनाको मात्र मृत्यु भएको थियो । त्यसपछि हालसम्म औलोका कारण कुनै पनि बिरामीको मृत्यु भएको छैन । ‘नेपालमा औलो बाट हुने मृत्य शुन्यमा झारेका छौं’ निमित्त निर्देशक कुर्मीले भने ‘आगामी तीन वर्ष भित्र औलो बिरामीको संख्यालाई पनि शुन्यमा झार्नेछौं ।’

‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ मंगलबार विश्व औलो दिवस मनाइएको छ । आ.व. २०७९/०८०मा लुम्बिनी प्रदेशमा औलोको बिरामी सबैभन्दा धेरै भेटिएको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै १ सय ४० जना औलोका बिरामी रहेको निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताए । उनका अनुसार प्रदेशको सबै भन्दाधेरै बाँकेमा ९३ जना औलोका बिरामी रहेका छन् । ‘नरैनापुर औलाका बिरामीको संख्या अनुसार उच्च जोखीममा रहेको छ’ पाण्डेले भने ‘वडा नं ३ लाई उच्च जोखिममा राखेर यसको निवारणमा लागेका छौं ।’

औलो रोग विशेषगरी एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने निर्देशनालय जनाएको छ । नेपालमा मुख्यगरी औलोको दुई किसिमका परजीविहरु पाइने गरेको छ। ती हुन्, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइसेक्स। यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोड बढी जटिल र जोखिमयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे