LISTEN LIVE RADIO

विद्यालय स्तरीय लोक नृत्यमा मावि माैरीघाट प्रथम



विद्यालय स्तरीय लोक नृत्यमा मावि माैरीघाट प्रथम

भालुवाङ ११ माघ । पब्लिक एजुकेशन एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा ‘मणिभ उत्सव’ कार्यक्रम अन्तरगत बुधबार लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।६ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा श्री मावि माैरीघाट प्रथम, लिटिल एन्जल भालुवाङ दोस्रो र सर्वोदय मावि सिसहनियाँले तेस्रो स्थान हासिल गरेको छ । विजेताहरूलाई माघ १२ गते सरस्वती पुजाका दिन हुने वाषिर्कोत्सव तथा मणिभ उत्सव समारोहका दिन पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका सदस्य शोभाखर भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्णायकको भुमिका गायक राजेन्द्र चाैधरी, डान्सर तथा शिक्षिका ममता गिरी र सिर्जना राई वली रहेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक चम्पकराज कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षिका मुना गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे