LISTEN LIVE RADIO

भालुवाङबाट लागू औषध सहित १ जना पक्राउ



भालुवाङबाट लागू औषध सहित १ जना पक्राउ

भालुवाङ ११ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङबाट लागू औषध सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माथिल्लो भालुवाङ निवासी २२ वर्षिय शुसान चौधरी रहेका छन् । मंगलबार बेलुकी अन्दाजी ८ बजेको समयमा माथिल्लो भालुवाङमा लागु औषधको कारोबार ओसारपसार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायब निरीक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले चाैधरीलाई शंकास्पद तरिकाले हिडि रहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका चाैधरीका साथबाट ज्याकेट र जिन्स पाइन्टको खल्तीबाट ट्रामाडोल २८ (अट्ठाईस) पत्तामा २८० क्याफ्सुल र निट्राभेट १० लेखेको २ पत्तामा ३० ट्याबलेट फेला पारेको प्रहरीले बताएको छ । पक्राउ परेका चौधरीलाई हिरासतमा राखी अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे