LISTEN LIVE RADIO

बिदा हुँदै गर्दा लुम्बिनीका मुख्यमन्त्रीले सार्वजनिक गरे पाँच बर्षे उपलब्धी (पूर्णपाठ सहित)



बिदा हुँदै गर्दा लुम्बिनीका मुख्यमन्त्रीले सार्वजनिक गरे पाँच बर्षे उपलब्धी (पूर्णपाठ सहित)

भालुवाङ २७ पुस । विदा भएर जादै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् ।

केसीले पाँच बर्षे उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धि मानेका छन । २०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निणर्य गरेको थियो ।

सो निणर्य दुई बर्ष पछि गत मंसिर २८ मा कार्यान्वयन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय स्थापना भयो । प्रदेश राजधानी शहर व्यवस्थापनका लागि गुरु योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ ।

योजनाबद्द विकास, चार वटा प्रदेश सरकारको गौरवका आयोजनाको रुपमा अघि बढाइएको, कानुन निर्माण, संगठन संरचना र जनशक्ति व्यवस्थापनको बिषयलाइ मुख्य उपलब्धी मानिएको छ ।

केसीले एक बर्ष ५ महिना मुख्यमन्त्री भएर बिताए । यो अवधिमा प्रदेशको जग बसाल्न सफल भएको दावी गर्दै प्रदेश गौरबका आयोजना नयाँ सरकारले निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

पहिलोपटक प्रदेशलाइ स्थापना गर्ने, कानून निर्माण गर्ने, प्रादेशिक संरचना स्थापना गर्ने देखि प्रदेशको नामाकरण, स्थायी मुकाम निर्धारण, जनतामा सेवा प्रवाह पुर्‍याउने, विकासका आधारशिला खडा गर्ने, रणनीति योजना र गुरुयोजनाहरु, प्रदेशको लक्ष्य स्थापित गरेने जस्ता चिरस्मरणिय अप्ठ्याराका ५ बर्षहरु संघियता व्यवस्थापनका कडीहरु हाम्रा ऐतिहासिक अनुभुतिहरु रहेको सम्बोधनमा उल्लेख गरेका छन् ।

उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे । पहिलो कार्यकालको दोस्रो मुख्यमन्त्रीको हैसियतमा १ बर्ष ५ महिना पूरा गरेको सन्दर्भमा मेरो कदममा साथ दिने, माया गर्ने, आशा-विश्वास र भरोसा राख्ने अपार स्नेही समुदायलाई सम्झना गर्ने कर्तब्य पूरा गर्दछु सम्बोधनमा भनेका छन् ।

माननीय मुख्यमन्त्री कुलप्रसाद केसी २०७८ साल साउन २८ गते नियुक्ती भएपछि आज प्रदेश बासीलाई सम्वोधन लुम्बिनी प्रदेशको राजधानी देउखुरीबाट पत्रकार सम्मेलनमार्फत आज ३ जबे सम्वोधन गर्नुभएको छ । सम्वोधनको पूर्णपाठ

प्रदेशवासीमा सम्बोधन

प्रिय पत्रकार बन्धुहरु,

             आज मैले मेरो प्रियभूमी लुम्बिनी प्रदेश र मेरा आदरनीय लुम्बिनीवासीलाई विशेष धन्यवादको ऐतिहासिक सन्दर्भमा यहाँहरु सामु उभिएको छु । आज लुम्बिनी प्रदेशको नयाँ सरकार गठनको दावा पेश हुँदै गरेको दिन र मेरो नेतृत्व सरकारको कार्यकालको अन्तिम दिन प्रदेश नं.५ बाट लुम्बिनी प्रदेश नामले सु-प्रसिद्ध दुईतिहाई भन्दा बढी अत्याधिक मतले स्थापित प्रदेश, अस्थायी मुकाम:बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा स्थापना भएको पहिलो कार्यकालको दोस्रो मुख्यमन्त्रीको हैसियतमा १ वर्ष ५ महिना पुरा गरेको सन्दर्भमा आज मैले मेरो कदममा साथ दिने, माया गर्ने, आशा-विश्वास र भरोसा राख्ने अपार स्नेही समुदायलाई सम्झना गर्ने कर्तव्य पुरा गर्दछु । मलाई यो ऐतिहासिक जिम्मेवारी दिने ५ दलीय गठबन्धनका माननीय सदस्यज्यूहरु, उक्त दलका शिर्ष नेताज्यूहरु प्रति सम्मानका साथ आभार व्यक्त गर्दै धन्यवाद टक्र्याउँदछु ।

यो विशेष क्षणमा मेरा आदरनीय शहिदहरु, बेपत्ता साथीहरु एवं उहाँहरुका परिवारजन, यो व्यवस्था स्थापनाका लागि भएको क्रान्तिका घाईते सहयात्रीहरु, दु:ख पीडामा पिल्सिएका दूरदराजका विकट गाउँ बस्तीहरु जो समुदायले आफनो नयाँ जीवन खोजी रहेका छन् ती सबै तमाम समुदायलाई विशेष स्मरण गर्दछु ।

पहिलो पटक प्रदेशलाई स्थापना गर्ने, कानून निर्माण गर्ने, प्रादेशिक संरचना स्थापना गर्ने देखि प्रदेशको नामाकरण, स्थायी मुकाम निर्धारण, जनतामा सेवा प्रवाह पुर्याउने, विकासका आधारशीला खडा गर्ने, रणनीतिक योजना र गुरुयोजनाहरु, प्रदेशको लक्ष्य स्थापित गर्ने जस्ता चिरस्मरणिय अप्ठ्याराका 5 वर्षहरु संघीयता व्यवस्थापनका कडिहरु हाम्रा ऐतिहासिक अनुभूतिहरु रहेका छन् । आज आत्मविश्वास पूर्वक नयाँ सरकारलाई यो प्रदेशको भावी गन्तव्यको यात्रा ग्राफ कोरेर विदा हुन पाउँदा जीवनको अमूल्य अवसर र गर्वको क्षणको रुपमा आत्मसाथ गरेको छु ।आज प्रदेशलाई नयाँपन दिने संकल्पको जगको नेतृत्व गर्ने पहिलो मुख्यमन्त्रीज्यू तथा पहिलो मन्त्रिपरिषदलाई पनि श्रृङखलाकै रुपमा सम्झन चाहान्छु ।

मेरो नेतृत्वमा रहेको सरकारले तय गरेको प्रादेशिक गौरवका 4 स्तम्भ सँग लुम्बिनी र लुम्बिनीवासी जनताको खुशी र गौरवको गन्तव्य देखेको छु । हाम्रो पहिलो गौरवशाली कार्यको नमूना स्थायी राजधानी निर्माण र व्यवस्थापनबाट दाउन्ने देखि चिसापानी कर्णालीबाट दैनिक यात्रा गर्ने हजारौं यात्रूहरु हाम्रा विशाल नगरिहरु छिचोल्दै जब राप्ती उपत्यका फाँट देउखुरीको सडकबाटै लुम्बिनी प्रदेश सभाको बौद्ध आकृतिको मौलिक पहिचानको मस्तुल र प्रदेश सरकारको प्रशासनिक परिसर नियाल्न पाउनु हुनेछ ।त्यसवेला यो पुस्ताको दृष्टि र लुम्बिनी प्रदेशको नमूना पहिचान व्यक्त हुनेछ । म पनि भोली देखि यो सडकमा हिड्दै गर्दा आफ्नो पसिना जोडिएको गौरवको निर्णायक स्थललाई वारी बाटै नियाल्ने छु । यो युगको सुन्दर नमूना स्थललाई गौरवका साथ स्यालुट गर्ने छु र भोलीको ईतिहासका लागि गर्व गर्न पाउने आशा गर्दछु ।

मैले आफ्नो कार्यकालमा कमाएको 5 वर्षे सम्पत्ति यहि हिरावल आकृति हो भन्ने ठानेको छु । यो दुर्लभ अवसर प्रदान गर्ने लुम्बिनीवासी प्रियजनता; जसको अपार माया र साथ सहयोग सदा स्मरणीय हुनेछ ।

मलाई विश्वास छ । हाम्रो सपना अलपत्र हुने छैन् ।मेरा सहृदयी लुम्बिनी प्रदेशका माननीय ज्यूहरु, मेरो मन्त्री मण्डलमा कार्यरत मन्त्रीहरु र राज्यमन्त्रीहरु, राष्ट्रसेवक कर्मचारीहरु पनि ईतिहासमा सम्मानित हुनु हुनेछ । चमत्कारिक संरचना तयार पार्ने प्रदेश पूर्वाधार प्राधिकरण, सबै सल्लाहकार र विज्ञ सहयोगीहरु यस राजधानी व्यवस्थापन समिति नै स्थापना गरेर साथ दिने राजधानी नगरी राप्ती गाउँपालिका, गढवा गाउँपालिका, सितगंगा न.पा, लमही र राजपुर एवं दाङ जिल्ला समन्वय; तुल्सीपुर तथा घोराही उ.म.न.पा. लगायतका 10 वटै यस क्षेत्रका स्थानीय सरकारहरु, यो राजधानीको श्रृङ्गार र व्यवस्थापनमा जुट्नुहुने दाङ देउखुरी स्थित उद्योग वाणिज्य संघहरु, अन्य संघ/संस्था र सबै निकायहरु; भालुवाङ्ग देखि लमही सम्म सरसफाई लगायत स्वागत आतिथ्यतामा उत्रीनुभएका सबै वडा र टोलटोलका देउखुरीवासी पौरखी, मेहनतकस, कर्मठ थारु समुदाय लगायतका सबै दाजुभाई दिदीबहिनीहरुलाई, विद्यालय र विद्यालयका सबै भाईबहिनीहरु, सबै व्यवसायी र उद्योगीमित्रहरु, समस्त कार्यरत देउखुरीका राजनीतिक दलका नेतागण तथा पार्टीका कमिटीहरु यहाँहरु सबैमा विशेष सम्मानपूर्वक धन्यवाद सहित स्यालुट भन्न चाहान्छु । अन्तमा, भोलीबाट नयाँ सरकारको गठन गरी जिम्मेवारी लिनुहुने नयाँ सरकारलाई सफल र कुशल कार्यकालको शुभकामना तथा स्वागत गर्दै यो पत्रकार भेटघाट यही समाप्त भएको जानकारी गर्दछु ।                        

                                                                                                                                                                                धन्यवाद  !

                                                                                                                                                                माननीय कुलप्रसाद केसी ‘सोनाम’

                                                                                                                                                                             (मुख्यमन्त्री)

                                                                        २०७९ पौष २७

 

प्रदेश सरकार स्थापनापश्चातका हालसम्म गरिएका प्रमुख उपलब्धिहरु

१.    प्रदेश राजधानी घोषणा र व्यवस्थापन

  • गरिमामय प्रदेशसभाको मिति २०७७ आश्विन २० गतेको निर्णय कार्यान्वयन गर्दै गत २०७९ मंसिर २८ गते प्रदेश राजधानी राप्ति उपत्यका देउखुरीमा औपचारिक रुपमा स्थानान्तरण गरिएको।
  • प्रदेश राजधानी शहर व्यवस्थापनका लागि गुरु योजना वनाइ कार्यान्वयनमा ल्याइएको।
  • प्रदेश राजधानीमा प्रदेश सभाको नयाँ भवन निर्माण गरी सोही भवनमा नवनिर्वाचित प्रदेश सभा सञ्चालन गरिएको।
  • राजधानी शहर व्यवस्थापनका लागि ल्याण्डपुलिङ्ग सम्वन्धी कानून निर्माण गरी विभिन्न समूहहरुमार्फत कार्य अगाडि वढाइएको।

.    योजनावद्ध विकास व्यवस्थापन

  • प्रदेश योजना आयोगको स्थापना गरी संस्थागत व्यवस्था गरिएको
  • प्रदेशको प्रथम आवधिक योजना (२०७६।७७- २०८०।८१)  स्वीकृत गरी प्रदेश सरकारका नीति कार्यक्रम र वजेट सोही अनुरुप कार्यान्वयन गरिएको।
  • प्रदेशको वस्तुस्थिति विवरण तयार गरिएको।
  • दिगो विकास लक्ष्यको आधार प्रतिवेदन तयार गरी प्रदेश सरकारका नीति कार्यक्रम र वजेट दिगो विकास लक्ष्य अनूरुप हुने गरी स्थानीयकरण र आन्तरिकीकरण गरिएको।
  • प्रथम आवधिक योजनाको मध्यकालीन मूल्यांकन गरिएको।
  • प्रदेश सरकारको १० वर्षे दिर्घकालीन रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको।

भिन्न चार वटा आयोजनाहरुका प्रदेश सरकारको गौरवका आयोजनाको रुपमा विकास गरिएकोः

  • प्रदेशको राजधानी व्यवस्थापन,
  • लुम्बिनी प्राविधिक विश्वविद्यालय,
  • लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती,
  • पाल्पा रामपुर -रोल्पा जिनावाङ सडक आयोजना

३.    कानून निर्माण

  • प्रदेश सरकारको स्थापना पश्चात कानून मस्यौदा तथा सुझाव आयोग निर्माण गरी कानून निर्माण गरिएको,
  • मुख्य न्यायाधिवक्ताको अध्यक्षतामा कार्यदल निर्माण गरी कानून निर्माण,
  • प्रदेश सरकार स्थापना पश्चात हालसम्म ७२ वटा ऐन तथा 28 वटा निर्माण गरिएको।

४.    संगठन संरचना र जनशक्ति व्यवस्थापन

  • प्रदेश सरकार स्थापनाकालमा नेपाल सरकारबाट स्वीकृत १०७ वटा कार्यालय रहेकोमा हाल १९९ वटा कार्यालय रहेका। प्रशासनिक र भौगोलिक सुगमता कायम हुनेगरी कार्यालयहरुको स्थापना गरी सेवा प्रवाहमा सरलीकरण गरिएको।
  • प्रदेश लोक सेवा आयोगको स्थापना गरि प्रदेश तथा स्थानीय तहहरुका लागि आवश्यक जनशक्ति भर्ना तथा छनौटको कार्यारम्भ भै सकेको। प्रदेश सरकारका लागि आवश्यक जनशक्ति प्रदेश लोकसेवा आयोग मार्फत नै भर्ना छनौट भै रहेको
  • प्रशासन सेवा  र वन सेवातर्फ सहायक स्तरका कर्मचारीको छनौट भइ नियुक्ति समेत भै सकेको । अन्य सेवा र स्थानीय तहका लागि विज्ञापन समेत भै सकेको।

५.    कृषिक्षेत्रका प्रमुख उपलब्धि

  • प्रदेशका सबै स्थानीयतहमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरी सामुहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने  
  • हरित स्वयमसेवक (कृषि तर्फ 698 जना र पशुपन्छी तर्फ 496 जना ) नियुक्ति गरी कृषक सहजीकरण गरिएको
  • स्थानीय तहमा कृषि प्राविधिक न्यून हुँदा सेवा प्रवाहमा परेको प्रभाव न्यून गर्न सबै स्थानीय तहमा 436 जना कृषि प्राविधिक उपलब्ध गराइएको
  • कृषी औजार, ढुवानीका साधन, उत्पादनका साधन अनुदानमा उपलब्ध गराइएको।

६.    पूर्वाधार क्षेत्रका प्रमुख उपलब्धिहरू

  • सडक ग्राभेल ९८८ कि मी
  • सडक कालोपत्रे ७४९ कि मी
  • कल्भर्ट कजवे ३३४५ वटा
  • ढलान सडक निर्माण ३२ वटा
  • सडक पुल ७४ वटा
  • झोलुङ्गे पुल २३ वटा

७.    सिंचाइ क्षेत्रका उपलब्धिः

  • थप सिंचाइ सुविधा पुगेको जमिन :12104 हेक्टर
  • सिंचाइ संरचना सुदृढीकरण भएको जमिनः 36626 हेक्टर
  • सिंचाइ बाँध/मुहान :266 वटा
  • पक्की नहर:537 कि.मी.
  • लिफ्ट सिंचाइः 68 वटा
  • डिप ट्युबवेलः 174 वटा
  • पम्प हाउसः 265 वटा
  • पाइप लाइनिङः448 कि.मी.

८.    नदी नियन्त्रणः

  • नदी नियन्त्रणः122 कि.मी.
  • नदी नियन्त्रणबाट उकास भएको जमिनः 2115 हेक्टर
  • नदी नियन्त्रण/तटबन्धबाट संरक्षण भएका घरः14600 वटा
  • नदी नियन्त्रण/तटबन्धबाट संरक्षण भएको खेतीयोग्य जमिनः 9722 हेक्टर

.    सामाजिक विकासको क्षेत्रका प्रमुख उपलब्धिहरु

  • मुटु मृगौला र क्यान्सर रोगको उपचारार्थ विपन्न नागरिक उपचारमा थप सहयोग रु २ लाख सम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रम अन्तर्गत कार्यविधि तर्जुमा गरी ५७६ जनाले सहायता प्राप्त गर्नुभएको।
  • कोभिड १९ को रोकथाम उपचार र नियन्त्रण गर्न डेडिकेटेड कोभिड अस्पताल निर्माण गरि उपचार र नियन्त्रण गरिएको
  • सवै जिल्ला अस्पताललाई ५० शैय्या अस्पतालमा स्तरोन्नती गरिएको
  • दुइ प्रादेशिक अस्पताललाई विशिष्ट सेवा उपलब्ध गराउने गरी स्तरोन्नती गरिएको
  • राप्ती र लुम्बिनी प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवा ओपिडि र जनरल बेड सेवामा लाग्ने शुल्क मिति 2079 श्रावण १ गतेदेखि नि:शुल्क गरिएको ।
  • सिकलसेलको निदान र उपचारको कार्यमा तराइका ६ वटा जिल्लाका ८ वटा अस्पतालमा सिकलसेल कर्नर स्थापना गरिएको ।
  • दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सा सम्बन्धि सेवा पुर्‍याउन विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि,2078 कार्यान्वयनमा ल्याइएको ।
  • छात्राहरुका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन
  • गणित अग्रेजी र विज्ञान विषयमा अध्यापन गर्न शिक्षक अभाव भएको विद्यालयमा शिक्षक उपलब्ध गराइएको
  • विद्यालय पूर्वाधार निर्माणका लागि वजेट उपलब्ध गराइएको ।

१०.                      प्रदेशको विपद् व्यवस्थापन तथा शान्ति सुरक्षालाई चुस्त बनाउने उद्देश्यले २४ वटा हेलिप्याड निर्माण गर्नुका साथै नेपाल प्रहरीलाई २२ वटा भ्यान तथा ६२ वटा मोटरसाइकल हस्तान्तरण गरिएको ।

११.   शासकिय सुधार र सुशासनका क्षेत्रमा गरिएका प्रमुख उपलब्धिहरु

  • प्रदेश सुशासन ऐन तथा नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याइएको
  • आन्तरिक नियन्त्रण र सार्वजनिक खर्च व्यवस्थापनका लागि मापदण्ड

निर्माण गरी कार्यान्वयनमा ल्याइएको।

  • प्रदेश सरकार मन्त्रिपरिषद् र सचिव बैठकहरु नियमित गरी बैठकका निर्णयहरु कार्यान्वयन गरिएको
  • संघीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वयलाई प्रभावकारी वनाउन प्रदेश समन्वय परिषद्को छ वटा बैठक सम्पन्न भएका।
  • सबै स्थानीय तहका प्रमुख एवम् उपप्रमुखको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको।
  • राष्ट्रिय सभाका माननीय सभासदज्यूहरुसँग संघीयता सवलीकरण सम्वन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको।
  • प्रदेश अन्तर्गतका सबै जिल्ला समन्वय प्रमुख एवम् उपप्रमुखज्यूहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको

१२.  प्रदेशका सबै स्थानीय तहहरुमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम/मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याइएको ।

१३.  प्रदेशमा प्राविधिक जनशक्ति उत्पादन र गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँके जिल्लाको खजुरा गाउँपालिकामा स्थापना गरिएको ।

१४.  नागरिकका गुनासो माग तथा आकांक्षालाई व्यवस्थित गर्न र प्रदेश सरकारसँगको सामिप्यता वढाउन हेलो मुख्यमन्त्री कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको ।

१५.  प्रदेश सरकारको सहयोगमा २३ वटा स्थानीय तहहरुको आवधिक योजना, ४४ स्थानीय तहको क्षमता विकास योजना, ३९ स्थानीय तहको राजश्व सुधार योजना सम्बन्धित स्थानीय तहको सहभागिता तयार गरिएको । चालु आर्थिक वर्षमा समेत सोही प्रकृतिका कार्यक्रम सञ्चालनमा रहेको ।

१६.  सबै स्थापना तहसँग सूचना/जानकारी प्रवाहमा सरलीकरण र शीघ्रताका लागि एकिकृत PLG Portal तयार गरी कार्यान्वयनमा ल्याइएको।

१७.  प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गरी उपकुलपति र रजिष्टार नियुक्ति आवश्यक कानून निर्माण गरिएको।

१८.  पत्रकार दुर्घटना बीमा र कल्याणकारी कोषको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको ।

१९.  प्रदेश राजधानी राप्ती उपत्यकाको भालुवाङ देखि लमही सम्मको पुर्व पश्चिम राजमार्ग खण्डमा सडक सुरक्षा तथा अपराध नियन्त्रणका लागि सिसिटिभी जडान गरी सञ्चालनमा ल्याइएको ।

२०.  स्थानीय मदिराजन्य पेय पदार्थको अध्ययन तथा परीक्षण उत्पादन सम्बन्धी कार्य सुरु गरिएको ।

२१.  पर्यटन प्रवर्द्धनका लागि प्रदेश पर्यटन परिषद्को स्थापना गरिएको ।

२२.  प्रत्येक जिल्लामा एक एक वटा सांस्कृतिक ग्राम स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भै निर्माण कार्य थालनी गरिएको ।

२३.  प्रदेशका 12 वटै जिल्लामा एक/एक वटा नमूना सहरको निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको ।

२४.  प्रदेशमा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कपिलवस्तुको जगदिशपुर ताललाई चरा संरक्षित क्षेत्र (Bird Sanctuary) घोषणा गरिएको ।

२५.  प्रदेशका ८ वटा स्थानीय तहमा स्थानीय आर्थिक विकास सुशासनका क्षेत्रमा स्थानीय तहसमेतको लागत साझेदारीमा नवप्रवर्तन साझेदारी कोष सञ्चालन गरिएको।थप दुई वटा स्थानीय तहमा सञ्चालन गर्ने तयारी भैरहेको ।

२६.  लुम्बिनी प्रदेश बैंक स्थापना गर्ने प्राविधिक कार्य सहितको प्रकृया प्रारम्भ गरिएको ।

२७.  नारायणी पारी सुस्ता क्षेत्रका नागरिकको सहज आवतजावतका लागि फेरी खरिद गरी गाउँपालिका मार्फत सञ्चालनमा ल्याइएको ।

२८.  डिजिटल प्रदेशको अवधारणा बमोजिम सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउन पूर्वाधार निर्माण गर्ने उद्देश्यले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान स्थापना गरी कार्यसञ्चालन गरिएको ।

२९.  प्रदेशको पहिचान र विकासमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको योगदानलाई कदर गर्दै मनोबल उच्च गर्ने उद्देश्यले प्रदेश पदकको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको ।

३०.  अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण तथा प्रदेशमा लगानी आकर्षण गर्ने उद्देश्यका साथ मित्रराष्ट्र चिनको गान्सु र सिचुवान प्रान्तसँग भगिनी सम्बन्ध स्थापना गरिएको।

३१.  परियोजना बैंकको अवधारणालाई आत्मसात गर्दै हालसम्म विभिन्‍न १४ वटा परियोजनाहरुको अवधारणा र पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरिएको ।

३२.  यातायात कार्यालयहरुमा हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै भौगोलिक सुगमता कायम गर्न थप दुई जिल्ला (कपिलवस्तु र नवलपरासी(ब.सु.प.))मा सेवा कार्यालयहरू स्थापना गरी सञ्चालनमा ल्याइएको ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे