LISTEN LIVE RADIO

पृथ्वी जयन्तीकाे अवसरमा देउखुरीकाे शुभदर्पणमा अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न



पृथ्वी जयन्तीकाे अवसरमा देउखुरीकाे शुभदर्पणमा अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सिसहनियाँ २७ पुस । पृथ्वी जयन्तीकाे अवसरमा आज शुभ दर्पण एकडेमी सिसहनियाँकाे अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रम विद्यालय परिसर सिसहनियाँमा सम्पन्न भएकाे छ ।

शुभ दर्पण विद्यार्थी क्लबका अध्यक्ष प्रेम सुवेदीकाे अध्यक्षता एवम् विद्यालयका प्रिन्सीपल बिलाेचन चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लो बदलिदाे समय अनुसार शिक्षा सिकाईलाई पनि परिवर्तन गर्दै लैजानु पर्ने बताएका थिए । साथै बाेल्ने बक्ताहरू राष्ट्रिय पिता पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा गरेका सघर्षहरूलाई अलि बढी समेटेर पाठ्यक्रम बनाउनुपर्ने लगायतका सुझाब दिएका थिए ।

क्लबकी उपाध्यक्ष भावना बिसी स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा अभिभावककाे तर्फबाट रेडियाे राप्ती तथा राप्ती टेलिभिजनका निमित्त स्टेसन म्यासेनजर सन्ताेषकुमार गुप्ता, रामदयाल चाैधरी, गुरूदास चाैधरी, गिता घिमिरे, बसन्ती चाैधरी, शिक्षककाे तर्फबाट लक्ष्मी चाैधरी, कल्पना गैरे, राम यादव, विद्यार्थीहरूकाे तर्फबाट रेजिना चाैधरी र उत्सव चाैधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस अघि केही दिन अघि सम्पन्न सप्ताव्यापी खेलकुद कार्यक्रमका बिजेताहरूलाई पुरूस्कार समेत बितरण गरिएकाे छ । सप्ताव्यापी खेलकुद अन्तर्गत नसरी देखि कक्षा १० सम्म, फुटवल, दाैड, हाजिरी जवाफ, बक्तृत्वकला, सटफुट, ज्याबलिङ्ग थ्राे, लमजम, त्रिपलजम लगायतका खेलकुदहरू सञ्चालन भएका थिए । कार्यक्रमकाे सञ्चालन विद्यार्थी क्लबका सचिव बिक्रम पाैडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे