LISTEN LIVE RADIO

राप्तीको २ नम्बर वडामा अति विपन्न ५ घरपरिवारलाई कर्कटपाता वितरण



राप्तीको २ नम्बर वडामा अति विपन्न ५ घरपरिवारलाई कर्कटपाता वितरण

भालुवाङ १५ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ ले वडाका अतिविपन्न तथा गरिव ५ घरपरिवारलाई कर्कटपाता वितरण गरेको छ ।
खरको छाना मुक्त अभियान अन्तरगत सुरक्षित नागरिक आवासका लागि पालमुनी बसेका, पानी चुहिने र घर बनाउन नसक्ने अति विपन्न परिवारलाई राहत स्वरूप वडा कार्यालयको २ लाख बजेटबाट प्रति घर ४० हजारका दरले ५ घरपरिवारलाई कर्कटपाता प्रदान गरेको वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिएका छन् ।

कर्कटपाता पाउनेहरुमा लालमटियाका सावित्रा खत्री, एकतानगर टोलका रामु कुमाल, मुक्तिनगर टोलका राते कुमाल, विरहीराम चौधरी र कालिराम चौधरी रहेका छन् । वडा अध्यक्ष पहलवान चौधरी र वडा सदस्यहरुले घरमै पुगेर सो कर्कटपाता वितरण गरेका हुन् । कर्कटपाता पाएपछि उनीहरू समेत खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे