दाङमा लेनदेन मुद्दाका फरार एक महिला पक्राउ



दाङमा लेनदेन मुद्दाका फरार एक महिला पक्राउ

दाङ ११ जेठ । दाङ प्रहरीले लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ३४ वर्षीया सुन्तली परियार रहेकी छिन् ।
परियारलाई दाङ देउखुरी जिल्ला अदालतको २०७७ फागुन १८ गतेको फैसलाले लेनदेन मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद सजाए तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेको परियारलाई बुधबार बिहान साढे १० बजे रझेना गरी अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे