अर्घाखाँचीमा एमालेलाई बलियो बनाउँदै मुख्यमन्त्री, एकै दिनमा भित्रिए महत्त्वपूर्ण नेतृत्व



अर्घाखाँचीमा एमालेलाई बलियो बनाउँदै मुख्यमन्त्री, एकै दिनमा भित्रिए महत्त्वपूर्ण नेतृत्व

अर्घाखाँची ९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनितीक शक्ति बनाउने भूमिकामा छन् ।

बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्त्वपूर्ण नेतृत्वहरुलाइ एमालेमा समाहित गर्न सफल भएका छन् । पार्टीमा प्रवेश गराउदै मुख्यमन्त्री आचार्यले एमाले बलियो राजनीतिक शक्तिको रुपमा उदाउने, अर्घाखाँची, लुम्बिनी मात्रै नभएर सिंगो देशको नेतृत्व एमालेले गर्ने अवस्थामा पुर्‍याउने उद्घोष गरे । नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमोर्चा युवक संघका पुर्व केन्द्रीय उपाध्यक्ष जिल्ला सचिवालय सदस्य कविराम खनाल, देउराली यातायात समितका अध्यक्ष गोविन्द्र बजान्डे सहित १ सय ७३ जना माओवादी, राजमो र कांग्रेस परित्याग गरि एमालेमा समाहित भएका हुन् ।

मुख्यमन्त्री आर्चायले कम्युनिस्टको केन्द्र एमाले भएको उल्लेख गर्दै अलमलमा रहनु भएका सबैलाई एमालेमा समाहित हुन आह्वान गरेका छन् । जिल्लाको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै संघ र प्रदेशमा सत प्रतिशत जित निकालेको स्मरण गर्दै आगामी निवार्चनमा पनि सत प्रतिशत जित निकाल्न यो प्रवेश महत्त्वपूर्ण रहेको बताए । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बोमबहादुर विक, जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष शम्भु पोख्रेल, सचिव तोजबहादुर रायमाझीले मन्तव्य राख्दै पार्टी समाहित हुने सबैलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्वता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे