दाङमा चट्याङ लागेर एक बालकको मृत्यु



दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दाङ ९ असोज ।  दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-११ खुङकोटमा चट्याङ पर्दा ४२ वर्षकी  निमकली साहुका ३ वर्षिय छोरा समिरको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भिर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।  चट्याङ लागेर आमा छोरी घाइते भएका छन् । निमकली साहुको ढुङ्गा-माटोले बनेको कच्ची घरमा चट्याङ पर्दा ४२ वर्षिय निमकली र उनको ६ वर्षिय छोरी सबिना घाइते भएको प्रहरीले जनाएको छ ।

आमा र छोरीको अवस्था मध्यम रहेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । निमकलीको दुबै खुट्टामा चोट लागेको छ भने शरीर सुन्निएको छ । सविनाको शरिरमा भित्री चोट लागेको छ । घाइतेहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे