दाङ देउखुरी सेवा समाजद्वारा बिरामी लक्ष्मी सुनारलाई आर्थिक सहयोग



दाङ देउखुरी सेवा समाजद्वारा बिरामी लक्ष्मी सुनारलाई आर्थिक सहयोग

राजपुर ११ जेठ । दाङ देउखुरी सेवा समाज घोराही दाङले पाठेघर, छाती र फोक्सो सम्बन्धी बिरामी लक्ष्मी सुनारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

समाजले बुधबार सुनार कै निवास राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा सो रकम हस्तान्तरण गरेको हो । समाजका महासचिव तेजप्रसाद आचार्यको अध्यक्षता एवम राजपुर गाउँ पालिका वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष रामप्रसाद यादवको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
समाजको तर्फबाट महासचिव तेजप्रसाद आचार्य, कोषाध्यक्ष सुवास रजौरे, सदस्य युद्धबहादुर भुसाल, सल्लाहकार लिलाधर आचार्यले प्रमुख अतिथि रामप्रसाद यादव, विशिष्ट अथितिद्वोय जानकीलाल बस्नेत र हेमकुमार जिसीको रोहबरमा नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

साथै आर्थिक सहयोग रकम दाङ देउखुरी सेवा समाज दोहा कतारको पहल र सहकार्य ( अभियान ) मा दोहा कतार बासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट संकलन भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत, नेकपा एमाले गाउँपालिका अध्यक्ष हेमकुमार जिसी, दलित महिला सदस्य मिना कुमारी बिश्वकर्मा र नवनिर्वाचित वडा अध्यक्ष रामप्रसाद यादवले संस्था र संस्थाका सम्पुर्ण टिमलाई धन्यवाद प्रकट गरेका थिए । साथै बिरामी लक्ष्मी सुनारले पनि संस्था र संस्थाका सम्पुर्ण सदस्य र एक छाक गाँस काटेर सहयोग गर्ने सवै मनकारीहरूलाई धन्यवाद दिएका थिए ।

समाजका कोषाध्यक्ष सुवास रजौरेको स्वागत तथा संस्थाको बारे जानकारी गराएको कार्यक्रमको सञ्चालन समाजका सल्लाहकार लिलाधर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे