लमहीको पहिलो कार्यपालिका बैठक सम्पन्न, प्रवक्ताको जिम्मेवारी वडा अध्यक्ष गिरीलाई



लमहीको पहिलो कार्यपालिका बैठक सम्पन्न, प्रवक्ताको जिम्मेवारी वडा अध्यक्ष गिरीलाई

लमही ११ जेठ । लमही नगरपालिकाको पहिलो कार्यपालिका बैठक बुधबार सम्पन्न भएको छ । नव निर्वाचित जनप्रतिनिधि आएपछि पहिलाे कार्यपालिका बैठक बसेको हो ।

नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न बिषयगत समिती गठन सहित जिम्मेवारी ताेक्ने निर्णय गरेकाे छ ।

जस अन्तर्गत लमही नगरपालिकाको प्रबक्तामा लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीलाई जिम्मेवारी ताेकिएकाे छ । आर्थिक बिकास समितिकाे संयाेजकमा वडा नम्बर ३ का वडा अध्यक्ष मनोज चौधरी, सामाजिक बिकास समितिकाे संयाेजकमा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, पुर्बाधार बिकास समितिकाे संयाेजकमा वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी, बाताबरण तथा बिपद ब्यबस्थापन समितिकाे संयाेजकमा लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसी ( रमेश ), विविध समितिकाे संयाेजकमा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेललाई जिम्मेवारी ताेकिएकाे छ ।

राजस्व परामर्श समितिमा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीलाई संयाेजककाे रुपमा ताेकिएकाे छ भने सदस्यमा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरी लाई चयन गरिएको छ ।

बैठकले लमही नगरपालिका भित्र आर्थिक बर्ष २०७९/०८० प्रदेश समपुरक आयोजना समेत छ्नोट गरेको छ । जस अन्तर्गत पालिका भित्रका वडा मध्य ८ नम्बर वडामा ६० लाख र बाँकी अन्य सबै वडामा सडक स्तराेन्नतीका लागि ५५ लाखका दरले बजेट सुनिश्चित गर्ने निर्णय भएको प्रवक्ता माेहन गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे