LISTEN LIVE RADIO

देउखुरी टुडेका अतिथि सम्पादक पाेख्रेल प्रदेश वाङमय प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा चयन



देउखुरी टुडेका अतिथि सम्पादक पाेख्रेल प्रदेश वाङमय प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा चयन

दाङ ५ वैशाख । लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठानको आइतवार कपिलबस्तुमा भएको प्रदेश स्तरीय भेलाले ऋषि आजाद आचार्यलाई प्रदेश वाङमय प्रतिष्ठानको अध्यक्षमा चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा देउखुरी टुडेका अतिथि सम्पादक समेत रहेका दाङका हरि पोख्रेल, उपाध्यक्षमा रुपन्देहीका सृजना ज्ञवाली, महासचिवमा कपिलबस्तुका अर्जुन पौडेल, सचिवमा बर्दियाका शेखर दहित र कोषाध्यक्षमा रुपन्देहीका लक्ष्मण ज्ञवाली रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा बिक्रम शिसीर बाँके, मिना बराल बर्दिया, फत्ते कुमारी ओली पुर्बि रुकुम, कमलमणि देवकोटा दाङ, नवराज आचार्य प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, डा.श्याम प्रसाद न्यौपाने नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलबस्तु, तिलक लामिछाने रुपन्देही, कविता पन्थी गुल्मी र पिताम्बर बन्जाडे अर्घाखाँची रहेका छन् ।

भेलालाई पुर्व प्रधानमन्त्री माधव नेपालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालले भाषा साहित्य,कला र संस्कृतिको संरक्षण सम्वर्धन र उन्नयनका लागि साहित्यकारहरुको अहं भूमिका हुने बताउनुभयो । साहित्यकारहरुले देशलाई सत्मार्गमा डोर्याउन र राजनितिक बिकृति बिसंगति प्रति खर्बदारी समेत गर्दै आएको पुर्व प्रधानमन्त्री नेपालले बताए ।

कार्यक्रममा बिशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिले भाषा,संस्कृति कला र साहित्यको माध्यमबाट साहित्यकर्मिहरुले राष्ट्रको बिकास र समृद्धिलाई अगाडी बढाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे