LISTEN LIVE RADIO

राप्ती गाउँपालिका क्षेत्रमा नदीजन्य वस्तु ओसारपसारमा संलग्न ४ वटा टयाक्टर प्रहरी नियन्त्रणमा



राप्ती गाउँपालिका क्षेत्रमा नदीजन्य वस्तु ओसारपसारमा संलग्न ४ वटा टयाक्टर प्रहरी नियन्त्रणमा

देउखुरी ५ वैशाख । दाङकाे देउखुरीमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साेमवार राप्ती गाउँपालिका क्षेत्रमा विभिन्न समयमा ४ वटा ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीबाट  रा १ त २८२६, रा १ त ९३९, रा १ त ३३४० र रा १ त ४१४१ नम्बरका ट्याक्टरहरुले अवैध रुपमा गिट्टी, बालुवा बोकी रहेको अवस्थामा प्रहरी चेकपोष्ट भालुबाङ र प्रहरी चौकी मसुरीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका ट्याक्टरका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याइने इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सुजनविक्रम शाहले जानकारी दिएका छन् ।  नियन्त्रणमा रहेका ट्याक्टर मध्य एउटा ट्याक्टरलाई २० हजार जरिवाना काटेर छाेडिएकाे प्रहरी प्रमुख शाहले बताए । अहिले ३ वटा ट्याक्टरलाई इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएकाे छ ।

यस्तै लमही नगरपालिका–७ हस्नापुर स्थित राप्ती नदीको घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँच वटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी लगायतकाे टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ गरिएको अवस्थामा फेला पारेको थियो । सो ठाउँबाट उत्खनन गर्न पालिकाले अनुमति नदिएको नगरप्रमुख केसीले बताए । उत्खननमा प्रयोग भएका सवारी साधनका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याइने केसीले जानकारी दिए । लमही नगरपालिकाले यो वर्ष ९ स्थानमा नदीजन्य वस्तु उत्खननको ठेक्का लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे