LISTEN LIVE RADIO

गर्मी समय सुरु भएसंगै दाङमा पनि आगलागीको जोखिम, नागरिकको लापरवाही धरै



गर्मी समय सुरु भएसंगै दाङमा पनि आगलागीको जोखिम, नागरिकको लापरवाही धरै

दाङ १ चैत । विगतका वर्षमा जस्तो यस वर्ष पनि गर्मीयाम सुरु भएको छ । गर्मी समय सुरुसंगै आगलागी घटनाको जोखिम बढेको छ । गर्मी मौसममा हुने आगलागी जोखिमको सुचीमा दाङ पनि पर्दछ । चालूआर्थिक वर्षको हालसम्म जिल्लामा १४ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विभिन्न समयमा हुने आगलागीबाट वर्षेनी ठूलो जनधनको क्षति समेत हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । विभिन्न कारणले हुने आगलागी घटनालाई न्युनीकरण गर्न स्वंयम नागरिकहरु पनि सचेत हुन जरुरी रहेको नागरिकहरुको बुझाई छ । गर्मिसमयमा विशेषगरी वजजंगलमा आगलागीका घटना हुने गर्दछन् ।

वनजंगलमा हुने आगलागी मानिसहरुको लापरवाहीले हुने गरेको जानकारहरुले बताएका छन् । यस्तैगरी घरगोठ, पसलमा पनि आगलागी घटना अधिंकास मानिसहरुकै कमजोरी र लापरवाहीका कारण हुने गरेको पाईएको छ ।

आगलागीका विभिन्न कारणहरु मध्ये विद्युतिय उपकरण पनि एक रहेको छ । घरमा विद्युतीय तार तथा उपकरण जडान गर्दा कमजोर खालका भएमा विद्युत सर्ट भएर आगलागीको जोखिम हुने विद्युत प्राधिकरण तुलसुीपुर वितरण केन्द्र प्रमुख ज्ञानबहादुर फर्सालले बताए ।

घरमा विद्युतिय उपकरणहरु जडान गर्दा गुणस्तरियतामा ध्यान दिनुपर्ने उनको भनाई छ । उनले विद्युतिय उपकरणबाट आगलागी घटना हुन सक्ने सम्भावना भएपनि गुणस्तर सामग्री जडान गरेमा आगलागी हुन सक्ने सम्भावना न्युन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे