LISTEN LIVE RADIO

घोराही-बंगलाचुली अवरुद्ध सडक चैत ७ गतेदेखि सुचारु हुने



घोराही-बंगलाचुली अवरुद्ध सडक चैत ७ गतेदेखि सुचारु हुने

तुलसीपुर १ चैत । मदन भण्डारी राजमार्ग अन्र्तगतको घोराही-बंगलाचुली अवरुद्ध सडकखण्ड आगामी चैत ७ गतेबाट सुचारु हुने भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सरोकारवालाहरु संग बसेको बैठकले सो निर्यण गरेको हो ।

बैठकले मदन भण्डारी मार्गदेखि चुनढुंगा खानीसम्म जोड्ने ४ किलोमिटर पंहुच मार्ग सिमेन्ट उद्योगले फुटपाथ सहित कालो पत्रे छिटो भन्दा छिटो सम्पन्न गर्नु पर्ने, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेको आधारमा घोराही-बंगलचुली सडकका अत्यावश्यक स्थान मध्य बढीमा ६०० किलोमिटर कालोपत्रे गर्नुपर्ने र सिमेन्ट उद्योगहरुले धुलो नियन्त्रणका लागि अन्य आवश्यक उपायहरु अवलम्बन गर्ने लगायतका निर्णय गरेको छ ।

त्यस्तै बैठकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, बंगलाचुली गाउँपालिका प्रमुख भक्त बहादुर वली लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे