LISTEN LIVE RADIO

लमहीमा वाङमय प्रतिष्ठानको तदर्थ समिति गठन, नवगठित प्रतिष्ठानको अध्यक्षमा थापा चयन



लमहीमा वाङमय प्रतिष्ठानको तदर्थ समिति गठन, नवगठित प्रतिष्ठानको अध्यक्षमा थापा चयन

लमही २७ फागुन । दाङमा लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठान दाङको तदर्थ समिति गठन गरिएको छ । प्रदेश स्तरिय वाङमय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा लमहीमा आयोजित भेलाबाट प्रतिष्ठानको दाङ शाखा गठन गरिएको हो ।लमही स्थित भक्ति थापा स्मृति प्रतिष्ठान लमहीको सभाकक्षमा सञ्चालित भेलाले साहित्यकार नीमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा गंगानाथ कोइराला, सचिवमा जागेश्वर शर्मा घिमिरे, सह–सचिवमा हरेकृष्ण ज्ञवाली, कोषाध्यक्षमा नगेन्द्र गुरु, सदस्यहरुमा तिला पन्थी, राधा गौतम, शेरबहादुर चौधरी, शशिधर ज्ञवाली, गिरीप्रसाद पन्थी र छबिकिरण ओली रहेका छन् ।

त्यसैगरी भेलाले अन्य क्षेत्र र समावेसीताको आधारमा समितिमा थप गर्न सक्ने निर्णय गर्दै ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारहरुमा टिकाराम उदासी, हरि पोख्रेल, पदमप्रसाद शर्मा, डिल्लीराज श्रीधर र खगराज न्यौपाने रहेका छन् । तदर्थ समितिको गठन पश्चात लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठानका प्रदेश सदस्य एवं थारु भाषा तथा साहित्य संरक्षण मञ्चका अध्यक्ष छबिलाल कोपिलाले ६ महिना भित्र लोकतान्त्रिक प्रकृयाबाट प्रथम अधिवेशन सम्पन्न गराउन सफलता मिलोस् भन्ने शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे