LISTEN LIVE RADIO

देउखुरीको लठ्ठहवामा भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ४ जना घाइते



देउखुरीको लठ्ठहवामा भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ४ जना घाइते

सिसहनियाँ २७ फागुन । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा भएको दुई छुट्टछुट्टै सडक दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

शुक्रबार बेलुका करिव ७ बजेको समयमा लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा दाङ देखि काठमाडौ जाँदै गरेको ना ७ ख ५४४२ नम्बरको बस र भालुवाङ देखि लमही तर्फ जाँदै गरेको लु ३३ प ८२५७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी ३३ वर्षिय प्रदिपकुमार चौधरी, सोही ठाउँ निवासी ४० वर्षिय बिग्गेश्वर चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ परस्पुर निवासी ४० वर्षिय सन्जोस चौधरी गम्भीर घाइते भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।

घाइते तिनै जनाको खुट्टा भाँचिएको छ । उनीहरूको लमही स्थित फलोरेन्स् अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । मोटरसाइकलमा ३ जना सवार रहेका थिए । बस चालक र बस इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएको छ ।
यस्तै आजै दिउँसो २ बजेको समयमा सोही ठाउँमै मोटरसाइकलले साइकललाई ठक्कर दिदा एक जना साइकलयात्री घाइते भएका छन् ।

घाइते हुनेमा साइकल चालक लमही नगरपालिका वडा नम्बर २ डोडही निवासी सर्वोदय मावि सिसहनियाँका शिक्षक ४५ वर्षिय खेमहरि बैदिक रहेकोे प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ४०१२ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ गइरहेका साइकलमा सवार बैदिकलाई ठक्कर दिदा उनी घाइते भएका हुन् । घाइते वैदिकको सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घाइते वैदिकको मुख र दायाँ हातमा मध्यम चोट लागेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे