LISTEN LIVE RADIO

दाङमा चोरी तथा लुटपाट आरोपमा एक जना पक्राउ



दाङमा चोरी तथा लुटपाट आरोपमा एक जना पक्राउ

दाङ २७ फागुन । दाङ प्रहरीले चोरी तथा लुटपाट गरेको आरोप एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो ३ बजेतिर घोराही उपमहानगरपालिका ९ निवासी अन्दाजी २४ वर्षिय गणेश कुमार डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

डिएसपी रिजालका अनुसार घोराही उपमहानगरपालिका १३ निवासी ४८ वर्षिय झुला रोकालाई भारतबाट पठाएको चार लाख ६७ हजार सात सय २० रुपैंया बैंकबाट निकालेर घर लैजादै गर्दा डाँगी मोटरसाइकलमा आएर जवरजस्ती लुटेर भागेका थिए ।

डाँगीको साथबाट प्रहरीले नगद चार लाख ६७ हजार सात सय २० रुपैंया, एक थान मोबाइल र मोटरसाइकल बरामद गरेको छ । डाँगीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे