LISTEN LIVE RADIO

विशाल संगित गृहको स्थापना गर्ने सोच छ : मुख्यमन्त्री केसी



विशाल संगित गृहको स्थापना गर्ने सोच छ : मुख्यमन्त्री केसी

दाङ २२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कला, साहित्य र संस्कृतीको संरक्षण गर्न विशाल संगित गृहको योजना परिकल्पना गरेको बताएका छन् ।

उत्सर्ग संगित अवार्ड वितरण कार्यक्रमलाई बुधबार घोराहीमा सम्बोधन गर्दै उनले प्रदेश सरकार कला, साहित्य र संस्कृतीको संरक्षणमा प्रतिबद्ध रहेको बताए ।

त्यसका लागि विशाल संगित गृहको स्थापना गर्ने सोचमा आफुहरु रहेको उल्लेख गरे । साथै कलाकारहरुको हित र संरक्षणमा कोषको समेत स्थापना गर्ने उनको भनाई छ ।

पहल नेपाल र उत्सर्ग कला केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेशका सभामुुख पूर्णबहादुर घर्तीले कला संस्कृती देशको सम्पत्ती भएको बताए । प्रदेश सरकारले घोराहीको घोडदौरामा नाच घर पनि प्रदेशकै गहना भएको उल्लेख गरे ।

कार्यक्रममा गित संगित र कला साहित्यमा लागेका दुुई दर्जन बढी स्रष्टाहरुलाई सम्मान गरिएको छ । उत्सर्ग कला केन्द्रका संयोजक केएल पिडितको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका बक्ताहरुले कला संस्कृतीको संरक्षणमा राज्यको भुमिका अहम हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे