LISTEN LIVE RADIO

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन



हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन

काठमाण्डाै २२ मंसिर । भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । 

तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा घाइते भएका एक जनाकाे उपचार भइरहेकाे छ । हेलिकप्टर कोयम्बटोरमा रहेकाे सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनमा रहेकाे ‘डिफेन्स स्टाफ कलेज’ तर्फ जाँदै थियो ।

भारतीय वायु सेनाका अनुसार याे एमआई-१७बी ५ हेलिकप्टर थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । 

रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसाे नै बिपिन रावतकाे घर पुगेर उनकाे परिवारसँग भेट गरेका थिए । त्यसपछि सेनाध्यक्ष मनाेज मुकुन्द नरवणे पनि बिपिन रावतकाे घुम्न पुगेका थिए । 

जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थिए । याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे