LISTEN LIVE RADIO

कांग्रेस राप्तीको क्षेत्रिय प्रतिनिधिका लागि भएकाे निर्वाचनमा २ वटा वडाको मत परिणाम सार्वजनिक



कांग्रेस राप्तीको क्षेत्रिय प्रतिनिधिका लागि भएकाे निर्वाचनमा २ वटा वडाको मत परिणाम सार्वजनिक

भालुवाङ २१ भदाै । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत दाङमा साेमबार निर्वाचन भएको छ । निर्विरोध निर्वाचित हुन नसकेका वडाहरुमा आज निर्वाचन भएको नेपाली काँग्रेस दाङले जनाएको छ ।

हिजो दाङका ५० बढी वडाहरुमा वडा समिती र क्षेत्रिय प्रतिनिधि समेत निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समिती दाङले जनाएको छ । जस अन्र्तग दाङ—देउखुरीको राप्ती गाउँपालिकाको वडा नम्बर  २ र ३ मा क्षेत्रिय प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा २ वटा वडाको मत परिणाम सार्वजिक भएको छ ।

जस अनुसार वडा नम्बर ४ मा ६ जना क्षेत्रिय प्रतिनिधिका लागि भएको निर्वाचनमा विष्णुबहादुर घर्ती क्षेत्रीले ८६ मत, चित्रमबहादुर चौधरीले ८४ मत, बेगमबहादुर बस्नेतले ८४ मत, उमाकान्त अधिकारीले ७१ मत, भिमबहादुर वलीले ७० मत र शरदराज शर्माले ६८ मत ल्याएर विजय भएको निर्वाचन अधिकृत गोविन्द सुवेदीले जानकारी दिए । कुल ११२ मतदाता मध्ये ९९ मत खसेको निर्वाचन समितिले बताएको छ । ६ जना क्षेत्रिय प्रतिनिधिका लागि ९ जनाको उम्मेदवारी परेको थियो ।

यता वडा नम्बर २ मा ६ जना क्षेत्रिय प्रतिनिधिका लागि भएको निर्वाचनमा नारायणप्रसाद भुसालले १०५ मत, हरिप्रसाद भुसालले ९४ मत, प्रकाशपुन्ज शर्माले ९४ मत, सुरज खड्काले ८४ मत, आशिष पौडेलले ८४ मत र युवराज न्यौपानेले ६८ मत ल्याएको निर्वाचन अधिकृत रमेश कडेलले जानकारी दिए । कुल १ सय २३ जना मतदाता मध्ये १२० मत खसेको थियो । ६ जना क्षेत्रिय प्रतिनिधिका लागि १० जनाको उम्मेदवारी परेको त्यहाँबाट समाचार सहयोगी लालमणी भुसालले जानकारी दिए ।

यता वडा नम्बर १ मा ढिला गरी मतदान भएकाले मत परिणाम आउन ढिलो भएको छ । अहिले त्यहाँ मत गणना भइरहेको बताइएको छ । उक्त वडामा दलित, खुल्ला महिला र खस आर्य तर्फ ६ जना क्षेत्रिय प्रतिनिधिका लागि १० जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको मतदान अधिकृत गोबिन्द कँवरले जानकारी दिएका छन् । उक्त वडामा १ सय २० जना मतदाताहरु रहेका छन् ।

यता नेपाली कांग्रेस तुलसीपुर ५ मा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । वडा अधिबेशन निर्वाचन समितिले एक सुचना जारी गदै भोली (भदौ २२ गते ) सम्मका लागी स्थगित गरिएको जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार आज(सोमवार) भएपनि सहमती हुन नसकेपछि मतदान प्रक्रिया भोली सम्मका लागी स्थगित गरिएको हो । मतदान प्रक्रिया भोली विहान ७ बजेदेखी दिउँसो २ बजेसम्म हुने जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे