LISTEN LIVE RADIO

नागरिक समाज राप्तीको संयोजकमा पुरुषोत्तम आचार्य र सचिवमा ओमप्रकाश गुप्ता चयन



नागरिक समाज राप्तीको संयोजकमा पुरुषोत्तम आचार्य र सचिवमा ओमप्रकाश गुप्ता चयन

लालमटिया २० भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा पालिका स्तरीय नागरिक समाज गठन गरिएको छ । नव गठित समाजको संयोजकमा पुरुषोत्तम आचार्य, सचिवमा ओमप्रकाश गुप्ता, सदस्यहरुमा मेनुका शर्मा र दामोदर खनाल रहेका छन् । भने सल्लाहकारमा शेषमणी शर्मा रहेका छन् ।

पछि सदस्य थप गर्ने गरी हालका लागि प्रारम्भिक कमिटि गठन गरेको हो । यसै बीच नागरिक समाज देउखुरीले शनिवार राप्ती गाउँपालिका २ लालमटियामा वर्तमान परिवेशमा नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।

समाजका संयोजक दामोदर भण्डारीको अध्यक्षता एवम् समाजका दाङ जिल्ला उपसंयोजक निमबहादुर थापाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकको हकहितमा नागरिक समाजले महत्वपुर्ण भुमिका खेल्नुपर्ने र एमसीसी तत्काल खारेज हुनुपर्ने माग समेत गरेका थिए ।

समाजका सल्लाहकार पुरुषोत्तम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नागरिक समाज देउखुरीका सल्लाहकार जागेश्वर शर्मा घिमिरे, प्रवक्ता शंकर पाण्डे, इच्छुक स्मृती कृषि सहकारी संस्थाका रमेशमान गुरुङ, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रध्यापक तुलसीराम पौडेल, राप्ती बहुउद्देश्य कृषि सहकारी संस्थाका कोषाध्यक्ष विष्णु आचार्य, शंकर मावि पिपरीका प्रअ सुवर्णमान चौधरी, मावि मौरीघाटका शिक्षक केशवराज आचार्य लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन आदर्श नमुना मावि लालमटियाका शिक्षक जिवराज शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे