LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा कांग्रेसको वडा अधिवेशन : ९ वटै वडामा निर्विरोध नेतृत्व चयन



राप्ती गाउँपालिकामा कांग्रेसको वडा अधिवेशन : ९ वटै वडामा निर्विरोध नेतृत्व चयन

भालुवाङ २० भदौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आइतवार देखि दाङमा शुरु भएको वडा अधिवेशनमा देउखुरीको राप्ती गाउँपालिकाको ९ वटै वडामा निर्विरोध नेतृत्व चयन भएको छ । नेपाली काँग्रेसको वडा अधिवेशन अन्र्तगत आज मनोनय दर्ता, उम्मेदवारी फिर्ता, उम्मेदार माथिको दाबी बिरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन सहितको निर्वाचन प्रक्रियामा राप्ती गाउँपालिकाको ९ वटै वडाहरुमा निर्विरोध नेतृत्व चयन भएका हुन् ।

जस अन्र्तगत राप्ती गाउँपालिका वडा नम्बर १ को वडा सभापतीमा पदमबहादुर पुन, उपसभापतीद्धयमा कर्णबहादुर पौडेल, भिमबहादुर कुमाल, सचिवद्धयमा बासुदेव पण्डित, बालाराम कुमाल, सहसचिवद्धयमा शिशिर पुन, तिलादेवी चौहान निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गोविन्द कवरले जानकारी दिएका छन् ।

त्यस्तै वडा नम्बर २ को वडा सभापतीमा युवराज भुसाल, उपसभापतीद्धयमा आत्माराम पोख्रेल, विष्णु भण्डारी, सचिवद्धयमा सुवास भुसाल, चैनकुमार चौधरी, सहसचिवद्धयमा मोहन भण्डारी, मधुसुदन भुसाल निर्विरोध निर्वाचित भएका छन् । भने १० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचन हुने भएको छ ।
वडा नम्बर ३ को वडा सभापतीमा श्रीधर खत्री निर्विरोध निर्वाचित भएको मतदान अधिकृत प्रेम भुसालले जानकारी दिएका छन् ।

खत्री राप्ती उद्योग संघ भालुवाङको कोषाध्यक्ष समेत हुन् । त्यस्तै उप—सभापतिद्धयमा बुद्धिराम चौधरी, टिकाप्रसाद चौधरी, सचिवद्धयमा लुमबहादुर केसी, चिन्तामणि भुसाल र सह—सचिवमा चन्द्रबहादुर केसी, तिलबहादुर पुन निर्विरोध निर्वाचित हुनु भएको मतदान अधिकृत भुसालले जानकारी दिएका छन् ।
त्यस्तै वडा सदस्यहरुमा नेत्रप्रसाद भट्टराई, निर्मल चौधरी, उत्तमकुमार अधिकारी, बसन्ती सार्की, तिलकुमारी घर्ती, रामचन्द्र चौधरी, चेतनाथ चौधरी, कल्पना चौधरी, शारदाकुमारी आचार्य, मुर्तिकुमारी चौधरी, सुधाकुमारी शाही, तुलबहादुर खत्री, यमबहादुर खत्री डम्मबरबहादुर जिसी र रबिलाल राउत निर्विरोध निर्वाचित भएको मतदान अधिकृत भुसालले जानकारी दिएका छन् ।

त्यसैगरी ३ नम्बर वडाबाट १६ जना क्षेत्रिय प्रतिनिधि समेत निर्विरोध निर्वाचित भएका छन् । यसरी क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनेहरुमा जनजातिबाट नन्दबहादुर घर्तीमगर, खस आर्यबाट बिष्णुप्रसाद शर्मा, सिता रिजाल, थारु जनजातिबाट डिल्लीराज चौधरी, मायाकुमारी चौधरी, दलितबाट राजेन्द्र बमरेल, महिलाबाट आस्मा चौधरी, यशोदा शर्मा घिमिरे, गौसरी घर्ती र खुल्लाबाट दुर्योधन पाण्डे, महेशकुमार शर्मा, चन्द्रबहादुर घर्तीक्षेत्री, अमितराज शर्मा, उमेश अधिकारी र सिताराम गिरी रहेको मतदान अधिकृत भुसालले जानकारी दिएका छन् ।

त्यस्तै वडा नम्बर ४ को वडा सभापतीमा पोमलाल गिरी, उपसभापतीद्धयमा कृष्ण बस्नेत, खगेन्द्र मल्ल, सचिवद्धयमा बालाराम कुमाल, प्रकाश केसी, सहसचिवद्धयमा हिमाल वली, मिना पन्थी निर्विरोध निर्वाचित भएका छन् । भने ६ जना क्षेत्रीय प्रतिनिधिमा ९ जनाको उम्मेदवारी परेकोले त्यसमा भने निर्वाचन हुने भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै वडा नम्बर ५ को वडा सभापतीमा चुडामणी शर्मा, उपसभापतीद्धयमा जीवलाल घर्ती मगर, शारदा परियार, सचिवद्धयमा नारायण चौधरी, सरिता उचही मगर, सहसचिवद्धयमा तिलबहादुर थापा मगर, निर्मला भट्टराई निर्विरोध निर्वाचित भएका छन् । भने १५ जना क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर ६ को वडा सभापतीमा डिसम्बर चौधरी, उपसभापतीद्धयमा शान्ति चौधरी, खुरखुरी चौधरी, सचिवद्धयमा सुर्यप्रसाद चौधरी, सर्जुप्रसाद चौधरी, सहसचिवद्धयमा विक्रम चौधरी, राधाकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् । भने १८ जना क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर ७ को वडा सभापतीमा वीरबहादुर चौधरी, उपसभापतीद्धयमा छेदिया चौधरी, दानबहादुर चौधरी, सचिवद्धयमा नेत्रलाल चौधरी, रामचरण चौधरी, सहसचिवद्धयमा कुशुम चौधरी, वीरबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् । भने १७ जना क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर ८ को वडा सभापतीमा तपेश्वर चौधरी, उपसभापतीद्धयमा मोतीलाल चौधरी, रामबहादुर चौधरी, सचिवद्धयमा तुलाध्वज मल्ल, राममोती चौधरी, सहसचिवद्धयमा राजकुमार चौधरी, सन्जु खनाल निर्विरोध निर्वाचित भएका छन् । भने १७ जना क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

र वडा नम्बर ९ को वडा सभापतीमा तेजबहादुर कार्की, उपसभापतीद्धयमा लालबहादुर घर्ती, बसन्तबहादुर गाहा मगर, सचिवद्धयमा शालिकराम कवर योगी, शिरबहादुर कार्की, सहसचिवद्धयमा मनिराम आचार्य, मुक्तवीर चुहान निर्विरोध निर्वाचित भएका छन् । भने ११ जना क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

५५ जना कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश
नेपाली कांग्रेस राप्ती गाउँपालिका वडा नम्बर ५ मा आइतवार पार्टी प्रवेश कार्यक्रम सिसहनियाँमा सम्पन्न भएको छ । नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा परित्याग गरी ५५ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश समेत गरेका छन् ।

जसमा बसन्त थापाको संयोजकत्वमा १५ जना र संजिप परियारको संयोजकत्वमा ३१ ज्ना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । शारदा परियार र शिवा भट्टराईको विषेश पहलमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा सभापती जगनारायण चौधरीको अध्यक्षता तथा कांग्रेस नेत्री सुशिला चौधरीको प्रमुख र क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेको विशिष्ट आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण वडा अध्यक्ष गोवर्धन रावतले गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे