LISTEN LIVE RADIO

गढवाको बडहरामा घरगोठ जल्दा ३ लाख बराबरको क्षती



गढवाको बडहरामा घरगोठ जल्दा ३ लाख बराबरको क्षती

भालुवाङ १२ साउन । दाङको देउखुरीमा आगलागी हुँदा एक घरगोठ जलेर खरानी भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी रामगोपाल यादवको भान्छा घर र गोठमा सोमवार राती ७ बजेको समयमा आगलागी हुँदा घर र गोठ जलेर पुरै खरानी भएको पिडितका दाजु रामसुरत यादवले जानकारी दिएका छन् ।

आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडापर्तन, काठ लगायतका सामानहरु जल्दा करिव ३ लाख बढीको क्षती भएको पिडित यादवले जानकारी दिएका छन् । आगोलाई स्थानीय गाउँलेहरुले नियन्त्रणमा लिएका थिए । गोठमा मच्छर धपाउन बालिएको आगोबाट आगलागी भएको पिडितका दाजु रामसुरत यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे