LISTEN LIVE RADIO

लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरी अमिक शेरचनलाई ल्याउने तयारी



लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरी अमिक शेरचनलाई ल्याउने तयारी

बुटवल १२ साउन । सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये लुम्बिनीबाट धर्मनाथ यादव, प्रदेश २ बाट राजेश झा अहिराज र गण्डकीबाट सीता पौडेललाई हटाउन निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

यसै बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दावी छ । दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे