LISTEN LIVE RADIO

प्रधानमन्त्री कप महिला क्रिकेट : मौसमका कारण लुम्बिनी र कर्णालीकाे खेल १३ ओभरमा झारियो



प्रधानमन्त्री कप महिला क्रिकेट : मौसमका कारण लुम्बिनी र कर्णालीकाे खेल १३ ओभरमा झारियो

लमही १२ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन आइतबारको पहिलो खेल मौसमका कारण ढिला सुरु भएको छ । जसले गर्दा खेलको अवधि पनि छोट्टिएको छ । कुहिरो लागेपछि खेल ढिलो सुरु हुन पुग्यो । २० ओभरको खेललाई छोट्याएर १३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ । बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल १०.५५ बाट सुरु भएको हो ।

आजको पहिलो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशकाबीच हुँदैछ । टस जितेर कर्णाली प्रदेशले ब्याटिङ रोजेको छ । शनिबार लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई हराएको थियो । यस्तै कर्णाली प्रदेश एपीएफसँग हिजो पराजित भएको थियो । आइतबार दोस्रो खेल एपीएफ र प्रदेश नम्बर २ का बीचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे